बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लायन्सको बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताह

लायन्सको बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताह


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८१, मंगलबार

पाेखरा/लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम, क्लस्टर १ अन्तर्गतका क्लवहरुको संयोजनमा साउन अन्तिम हप्तालाई बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताहको रुपमा मनाउने भएका छन । यस क्लस्टर अन्तर्गतका क्लवहरु मध्ये लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे भिलेजको आयोजनामा सप्ताहको पहिलो कार्यक्रम पोखरा पार्दी माविमा सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष ओमप्रकाश बरालको अध्यक्षतामा भएको कार्यक्रमको प्रथम उपगभर्नर धनीराम बरालले उद्घाटन गरेका थिए । अभियानको पहिलो कार्यक्रममा डिस्ट्रिक्ट क्याविनेट सेक्रेटरी शिवराज आचार्य, क्लस्टर १ का प्रमुख लक्ष्मण तिमिल्सिना, चाइल्डहुड क्यान्सर डिपार्टमेन्टका चिफ प्राडा सरास्वती न्यौपाने, तिर्थराज आचार्य, डा. दिपेन्द्रमान श्रेष्ठ रिजन चेयर पर्सन लक्ष्मी कोइराला, जोन चेयर पर्सन डिल्लीराम पराजुली लगायतको सहभागिता रहेको थियो । उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेलले यस कार्यक्रमले बाल्यावस्थामा हुने क्यान्सर रोकथाममा सहयोगी हुने बताए । कार्यक्रममा सहजीकरण डा‍ दिपेन्द्र मान श्रेष्ठले गरेका थिए ।

अभियानको दोस्रो कार्यक्रम अन्तर्गत लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउन, स्काई टाउन, ग्रीन टाउन, कालिका भ्यु टाउनको आयोजनामा पोखरा–१३ भद्रकाली माविमा सचेतना कार्यक्रम सम्पन्न गरीएको छ । लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनका अध्यक्ष प्रेमबहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा सरास्वती न्यौपाने, स्वास्थ्य विषय प्रशिक्षक अनिल अधिकारीले सहजीकरण गरेका थिए भने लायन्स क्लव अफ पोखरा स्काई टाउनका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिनाले कार्यक्रमको संचालन गरेका थिए । अभियानको तेस्रो कार्यक्रम अन्तर्गत लायन्स क्लव अफ पोखरा भृकुटी डेस्टिनेसन, कोहिनुर भिलेजको आयोजनामा पोखरा महानगरपालीका–२९ भण्डारढिकस्थित गण्डकी बहुप्राविधिक शिक्षालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लव अफ पोखरा डेस्टिनेसनको निवर्तमान अध्यक्ष सन्तोष शर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य विषय प्रशिक्षक अनिल अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->