पोखरा/लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एम ,क्लस्टर १ अन्तर्गतका क्लवहरुको संयोजनमा साउन अन्तिम हप्तालाई बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताहको रुपमा मनाउने भएका छन् ।
क्लस्टर १ अन्तर्गत पर्ने क्लबहरुमध्ये लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे भिलेजको आयोजनामा सप्ताहको पहिलो कार्यक्रम पोखरा पार्दी माविमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष ओमप्रकाश बरालको अध्यक्षतामा भएको कार्यक्रमको प्रथम उपगभर्नर धनीराम बरालले उद्घाटन गरेका थिए ।
अभियानको दोस्रो कार्यक्रम अन्तर्गत लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउन ,स्काइटाउन ,ग्रीन टाउन ,कालिका भ्यूटाउनको आयोजनामा पोखरा मनपा वडा न १३ भद्रकाली माविमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनका अध्यक्ष प्रेमबहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा. सरस्वती न्यौपाने ,स्वास्थ्य विषय प्रशिक्षक अनिल अधिकारीले सहजीकरण गरेका थिए ।





