आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पेतोङत्रान सिनावात्र बनिन् थाइल्याण्डको प्रधानमन्त्री

पेतोङत्रान सिनावात्र बनिन् थाइल्याण्डको प्रधानमन्त्री


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०८१, शुक्रबार

काठमाडौ/३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । उनी अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । त्यहाँको संवैधानिक अदालतले ३० साउनमा मात्र प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको थियो । त्यसपछि सत्तारुढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्यो ।
सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रान तेस्रो व्यक्ति हुन् । उनका बुवा थाक्सिन र फुपु यिंगलक सिनावात्रा प्रधानन्त्री भएका थिए । पेतोङत्रान भने सबभन्दा कम उमेरकी थाइ प्रधानमन्त्री समेत भएकी छन् ।
२००१ मा पहिलो पटक थाइल्याण्डको प्रधानमन्त्री भएका थाक्सिनले देशको राजनीति हल्लाएका थिए । सन् २००६ मा सेनाले शासन सत्ता हातमा लिएपछि उनले केही वर्ष निर्वासनमा बिताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->