बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मर्स्याङ्दी बस दुर्घटनाका २५ शव लिएर गयो भारतीय विमान

मर्स्याङ्दी बस दुर्घटनाका २५ शव लिएर गयो भारतीय विमान


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८१, शनिबार

पोखरा / भारतको पश्चिम बंगाल पानागढबाट चितवनको भरतपुर आएकाे भारतीय सेनाकाे विमान शनिबार २५ जनाको शव लिएर उडेको छ । शुक्रबार दुर्घटनामा ज्यान गुमाएका २७ मध्ये २५ जनाको शव उक्त विमानले लगेको हो ।

अन्य दुई जनाको शव भने सडकमार्गबाट गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । विमान भरतपुरबाट शनिबार साँझ ५ बजेर ८ मिनेटमा भारत महाराष्ट्र राज्यकाे नासिकतर्फ उडेकाे छ ।

प्रजिअ यादवका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये २५ जना महाराष्ट्रकाे जलगाउँ जिल्लाका हुन् । बाँकी दुई जना मृतक बसका चालक, सहचालक गाेरखपुरका हुन् । भरतपुरमा भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे पनि आएका थिए । उनीहरू पनि साेही विमानमार्फत फर्केका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->