सामाजिक सञ्जालले समाजका विभिन्न आयामसँग मानिसलाई जोड्ने प्रयास गरेको छ । बिकसित प्रबिधिको माध्यमबाट आएका फेसबुक, टिकटक, ट्विटर, इन्स्ट्राग्राम, युट्युबलाई प्रयोगकर्ताहरुले स्वतस्फूर्त आत्मसाथ गरिरहेका छन् । सामाजिक संजालको प्रयोग नगर्नेहरुको संख्या पनि प्रसस्तै छ । तर सामाजिक सञ्जालको प्रयोगबारे अहिले तीव्र रुपमा बहस चलेको छ । कि सामाजिक संजाललाई अवसरको रुपमा लिने की नलिने भन्ने । सामाजिक संजालको जति बढी अवसर त्यति नै जोखिम पनि बढ्दै छ । हाम्रो समाजमा यसको सदुपयोग भन्दा दुरूपयोग बढ्दै गएको देखिन्छ । एकातिर सामाजिक सञ्जाल मानिसहरूको विश्वासिलो र भपरर्दो साथी बनेको छ भने अर्कोतर्फ एकले अर्कोलाई सिध्याउने माध्यम पनि बनेको छ । कसैको चरित्र हत्या गर्न आरोप लगाउन सामाजिक संजालको दुरुपयोग गरिन्छ । कुण्ठा पोख्ने माध्यमको रुपमा बिकास हुदै गएको छ भने कसैलाई भन्न नसकेको र मनमा नलागेको आन्तरिक कुराहरू पनि फेसबुकलगायतका माध्यमबाट शेयर गर्ने गरेको पाईन्छ । आफ्ना अन्तरमनका भावना सामाजिक सञ्जालमा पोख्ने गरेको पाईन्छ । फेसबुकले एक्लोपनको महसुस हुन नदिएको । जीवनका सुखद दुःखको साथी भएर सुख या दुख पोख्ने प्लाटफर्म बनेको छ सामाजिक सञ्जाल अहिले । सामाजिक संजाल भनेको एउटा माध्यम मात्रै हो यसलाई सदुपयोग गर्ने कि दुरुपयोग गर्ने भन्ने कुरा प्रयोगकर्तामा नै निर्भर गर्दछ ।
अहिले नेपालमा सामाजिक संजालको प्रयोगले बिकृति बढाएको गुनासोहरु आउने गरेको पाईन्छ । सामाजिक संजालको बिकृति नियन्त्रण गर्ने सम्बन्धमा बिशेष खालको कानुन् पनि बनेको छैन । जसका कारण जसलाई जे र जसरी मन लाग्यो प्रयोग गरिरहेका छन् । केहि समय अघि टिकटकको माध्यमबाट कसैको चरित्र हत्या गर्ने गरिन्थ्यो तर अहिले सरकारले टिकटकलाई प्रतिबन्ध लगाएको छ । खासगरी टिकटकमा आउने गतिबिधिले समाजमा नकारात्मक असर पा¥यो भनेर । सरकारले सामाजिक संजाललाई नियमन कानुन् बनाउने र आम नारिकलाई सचेतना जगाउने गर्नु पर्छ । अभिब्यक्ति स्वतन्त्रताको नाउँमा सामाजिक संजालबाट अपराध कार्य गर्ने माथी कानुनी कारवाही गर्नका लागि पहिला कानुन् निर्माण गर्नु पर्छ ।
कसैको चरिचत्रहत्या गर्ने मामिलामा युट्युव अहिले सशक्त बनेको छ । युट्वले प्रशारण गरेका भिडियोहरु, कसैको निजी जिवनमा प्रवेश गरी खिचिएका हुन्छन् । हुदै नभएको क्लीप्स जोडेर भिवर बढाउने र पैसा कमाउने मात्रै ध्याउन्न भएकाहरुले । समाजलाई प्रदुषित बनाई रहेका छन् । सार्वजनिक पदमा बसेकाहरु, नेताहरु, यस्तो लफडामा फस्न चाहादैनन् र कानुनी उपचारमा पनि जादैनन् । किन की यस्तो बिषयलाई अधिकारकर्मिहरुले अभिब्यक्ति स्वतन्त्रतासंग जोड्छन् । ठूलाबडाहरुले वास्ता नगरे पछि पीडित सामान्य नागरिकहरु पनि चुपचाप बस्छन् । यसरी युट्वको आड लिएर कसैको चरित्रहत्या गर्ने कुरा र उक्त सामाग्री बिरुद्ध कानुनी उपचारमा जादा अधिकारकर्मि र पत्रकारहरुले बिगतमा पनि हंगामा मच्चाउदै आएका छन् । बिशेष गरी पत्रकारिताको फरम्याटमा संचालित युट्वहरु ब्यक्तिगत रिसइवी साध्नका लागि बोल्दै नबोलेका कुरामा आम नागरिकमा भ्रम फिजाउने काम गरिरहेका छन् । तर हेर्नका लागि नियामक निकाय छैन । यो बिषयमा प्रेस काउन्सिलको क्षेत्राधिकार संकुचित छ । पहुच भएका नेताहरु र प्रतिष्ठीत ब्यक्तिहरुका बारेमा त यसरी मिडियाकर्मिले मनपरी गर्दछन् भने आम नागरिकहरु मिडियाबाट कति हदसम्म सताईएका होलान त । कुनै तथ्य, प्रमाण छैन, कसैको चरित्र हत्या गर्नुपर्याे भने सबैभन्दा सजिलो माध्यम सामाजिक सञ्जालमा बनेको छ । जसका कारण मानिसले दुःख, तनाव, सकस, झेल्नुपरेको छ । सम्बन्धमा दरारमा बढेको छ ।
सामाजिक सञ्जालको प्रयोगले अझ कस्ता असर ल्याउन सक्छ भन्न सकिने अवस्था छैन । फेसबुकटिकटक, युट्युब र केहि अनलाईनहरुले समेत जथाभावी ब्यक्तिको चरित्रहत्या गरेका घटनाहरु बाहिर आउने गरेका छन् । बिशेष गरी भिवर बटुल्नका लागि महिलाहरुको चरित्रहत्या गर्ने गरेको पाईन्छ ।
मिडियाले आवाज बिहिनको आवाज बोल्ने र समाजिक न्याय दिने कुरामा केहि मिडीया चुकेको देखिन्छ । जव सम्म मिडिया अनैतिक ब्यक्तिहरुको हातमा पर्दछ, तव सम्म दुरुपयोग भई नै रहन्छ । सार्वजनिक हक हितका लागि स्थापित मिडियाले ब्यक्तिगत बिषयमा जथाभावी लेख्ने छुट छैन । केहि मिडियाहरुले सर्वसाधारण र ब्यावसायीक महिलाहरुका बारेमा जथाभावी लेख्ने गरेको पाईएको छ । महिलाहरुको आन्तरिक जिवन र ब्यावसायीक जिवनमा असर पर्ने गरी लेखिएको पाईन्छ । कुनै अनलाईन न्युजर्पोटल या युट्युवमा राखेका समाचारमा बिषय बस्तु फरक भए पनि महिलासंग सम्बन्धीत शब्दहरु प्रयोग गरेर दाज्ने गरेको पाईन्छ ।
यस्तै अर्को समाचारले महिलालाई लुटेरा बनाएको देखाउछ । जुन कुरा समाचारमा ठगी गरेकोमा कारवाही गर्न प्रहरी प्रशासन छ । तर केहि संचारमाध्यम आफैं एक कदम अगाडी सरेर फलानो युवती चोर हो भनेर सार्वजनिक रुपमा इज्जत उछाल्न तमतयार रहेका देखिन्छन् । समाचार बनाउने शैली नजानेर वा थाहा नपाएर होईन की नियत पूर्वक पछि लागेको पनि देखिन्छ । ती अनलाईनहरुले कुनै तथ्य र प्रमाणका आधारमा समाचार लेखेको भने देखिदैन । महिलाको लोग्नेको भनाईको आधारमा फोटो र नाम सहित समाचार प्रकाशन गरेको देखिन्छ । समाजमा महिलाले बद्मासी गरेको एका दुई घटनालाई प्रतिनिधी आधार मानेर पत्रकारहरुले सामान्यीकरण गरेर लेख्दा सामाजिक संजाल त्यसमा पनि भिडियो खिच्न जानेका जो कोही ले पनि देखासिखी गरेको र क्रम बढ्दै गएको छ । आजकाल लोग्ने बिदेश भएका केहि महिलाहरु अर्को बिवाह गरेर गएका घटनाहरु पनि छन् । यी केहि प्रतिनिधी घटनाहरुलाई लोग्ने बैदेशिक रोजगारीमा गएको परिवारलाई खास गरी सबै महिलालाई संकाको घेरा भित्र पार्न हुदैन । लोग्ने बिदेश भएका सबै महिलाले घर परिवार र बालबच्चाको बिचल्ली पार्दैनन् । धेरै जस्तोको लोग्ने बैदेशिक रोजगारीमा गए पनि पैसा नपठाउने, आएको बेलामा हिंसा गर्ने प्रबृति त छदै छ । तर युट्युवेहरुले लोग्ने बिदेश हुनेका स्वास्नीमान्छेहरु सबै बिग्रीए भने जसरी प्रसारण गरेर पैसा कमाई रहेका छन् । युट्युव चलाउ, भिवर बढाउ, पैसा कमाउ बस ! सामाजिक उत्तरदायित्व छैन ? बयक्तिक गोपनियताको पर्वाह छैन ? अहिले हाम्रो समाजमा यस्तै भएको छ । महिलाले मिडिया बिरुद्ध कानुनी उपचार खोज्न सक्दैनन् भनेर जे मन लाग्यो त्यहि युट्युवेहरुले प्रसारण गरेको देखिन्छ । आफ्नो निजी स्वार्थ कुण्ठा रिस आवेग पोख्नका लागि होईन सीप सृजना, जनचेतना, समाज र राष्ट्रको हित होस भन्ने उद्देश्यका लागि प्लाटफर्म हो ।
हालै कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताको वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्वको कसूर शिर्षक अन्र्तगत दफा २९५ को उपदफा ३ मा कसैले एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाउन वा प्रकाशन गर्न हुँदैन । त्यसै गरी दफा २९६. अनुसार अनुमति विना एकको तस्वीर अरुलाई दिन वा बिक्री गर्न नहुने ब्यवस्था छ । कसैले उक्त कानुन् बिपरितको कारवाही गरेमा कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । भन्ने ब्यवस्था छ । त्यसैगरी दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने भन्ने छ । कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जानकारी, पत्राचार अनधिकृत रुपमा प्राप्त गर्न त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रुपमा कसैलाई हस्तान्तरण गर्न वा गराउन हुँदैन । उक्त कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । सार्वजनिक संचार माध्यबाट भएको कसुरमा थप एक कैद र दश हजार रुपैया बढी लने ब्यवस्था कानुन्मा छ । हामीले समाचार बनाउका बिषय बस्तुहरु कानुन्को यो परिभाषा भित्र पर्ने र कुनै दिन मिडियाबाट पीडित भएकाहरु अदालत गएमा र निश्पक्ष न्याय सम्पादन भएमा जेल बस्नु पर्ने कानुनी दायित्व त छदै छ । अझ त्यो भन्दा बढी हामी पत्रकारहरु बौद्धिक खेती गर्नेहरु नैतिक रुपमा बिबन्धीत हुनु पर्छ ।
सामाजिक संजाललाई ब्यवस्थीत गर्ने बिशेष खालको कानुन् ल्याउन ढिलाई भईसक्यो । बिधेयक तयार भए पनि नागरिकको अभिब्यक्ति स्वतन्त्रतासंग जोडिएको बिषय भएको हुँदा जनचेतना र सार्वजनिक नैतिकतालाई जोड दिनुपर्ने हुन्छ । सामाजिक संजालमार्फत ब्यक्त हुने नागरिकको अभिब्यक्ति स्वतन्त्रताको रक्षाका लागि नागरिक स्वयंलाई नै जिम्मेवार बनाउनु पर्छ । माध्यमहरु आफैमा बेठिक हैनन् यसको दुरुपयोग गर्नेहरु दोषि हुन् । यस्तो भाँडभैलोको स्थीति हुनुमा केहि राजनैतिक नेतृत्व, प्रहरी, कर्मचारी लगायत ठूलाबडाहरु जिम्मेवार छन् । राजनैतिक दलको आफ्नै स्वार्थ । आफ्नो प्रतिश्पर्दी बिरुद्ध कसरी प्रयोग गर्न सकिन्छ । प्रहरी र कर्मचारीहरुले पनि आफ्नो स्वार्थका लागि, बढुवा गराउन गुण गान, बिग्रिएको इमेज बनाउन र आफ्ना समकक्षीलाई खसाल्न बैंकको ऋण नतिर्नका लागि युट्वको सहारा लिईरहेका र अराजक स्थीति सृजना गरिरहेछन् । कतिपयको युट्युवले नै ब्यक्तित्व बनाई दिन्छ । सबै स्वार्थ छाडेर सामाजिक संजालको प्रयोगलाई ब्यवस्थीत बनाउन कानुन ल्याउनेतर्फ सरकारको ध्यान जान जरुरी छ ।





