आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बंगलादेशले जित्यो साफ यु-२० च्याम्पियनसिपको उपाधि

बंगलादेशले जित्यो साफ यु-२० च्याम्पियनसिपको उपाधि


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८१, बुधबार

काठमाडौं/बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले दुई पटकको च्याम्पियन नेपाललाई ४–१ गोल अन्तरले स्तब्ध पार्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरेका थिए ।
दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेपनि बंगलादेशले दोस्रो गोल थप्दै अग्रता दोब्बर पारेको थियो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका थिए ।
खेलको ७१ औं मिनेटमा रवि हुसेन र इन्जुरी समयको छैठौं मिनेटमा अहमेद नोभनाले गोल गर्दै बंगलादेशको जित सुनिश्चित गरेका थिए । नेपालका लागि समिर तामाङले सान्त्वना गोल गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->