बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी गाउँपालिकामा विषादी प्रयोगको अवस्था बुझ्न पोख्रेलको संयोजकत्वमा गठित कार्यदलले काम सुरु गर्यो

गण्डकी गाउँपालिकामा विषादी प्रयोगको अवस्था बुझ्न पोख्रेलको संयोजकत्वमा गठित कार्यदलले काम सुरु गर्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८१, बिहिबार

पोखरा / कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडाहरूमा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन् ।

केही दिन यता गण्डकी गाउँपालिकाका केही वडाहरूमा तरकारी खेतीमा अधिक विषादी प्रयोग गर्दा कृषककै स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि मन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गरेका हुन् ।

बिस युक्त होइन, बिस मुक्त उत्पादनमा जोड दिँदै आएका कृषि मन्त्री अधिकारीले एउटै गाउँपालिकाका ६१ जना तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार आए लगतै बसेको आकस्मिक बैठकले प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोख्रेलको संयोजकत्वमा समिति बनाएका छन् ।

कार्यदलमा डा.काशीनाथ चिलुवाल (वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्), रिजन कार्की (खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग), विवेक सुनार (बाली संरक्षण अधिकृत, केन्द्रीय कृषि प्रयोगशाला) र माधव भट्ट (बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र) रहेका छन् ।

‘गण्डकी गाउँपालिकामा देखिएको विषादी दुरुपयोग सम्बन्धी समस्याको बारे अध्ययन गरी प्रतिवेदन पेस गर्न यस मन्त्रालयका माननीय मन्त्रीज्यूको समुउपस्थितिमा मिति २०८१ भदौ ११ गते बसेको आकस्मिक बैठकको निर्णयअनुसार तपसिल बमोजिमको पाँच ९५० सदस्यीय कार्यदल गठन गरिएको छ,’निर्णयमा भनिएको छ ।

कार्यदललाई प्रभावित भनिएको स्थानमै पुगेर वास्तविक अवस्थासहितको प्रतिवेदन पेस गर्न भनिएको छ । पोख्रेल नेतृत्वको कार्यदल बुधबार नै प्रभावित ठाउँ पुगेर काम सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->