मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सत्तास्वार्थमा नेपालको कम्युनिष्ट राजनीति

सत्तास्वार्थमा नेपालको कम्युनिष्ट राजनीति


  • काशीराम पौडेल
  • भाद्र १३ २०८१, बिहिबार

सरल भाषामा देश र जनताको सामाजिक र आर्थिक स्तरलाई उच्चतम् बिन्दुमा पु¥याउन गरिने कुटनैतिक परिवेशलाई राजनीति भनिन्छ । तर ! नेपाली कम्युनिस्ट राजनीति उल्लेखित परिवेशभन्दा व्यक्तिगत लाभ र पाष्टरवादको मिसन पुरा गर्ने प्रयोगशाला बाहेक केही देखिंदैन । जसरी १९ औं शताब्दीमा बोर्चुगिस्त मिसिनरीले दार्जिलिङमा नेवार गंगा प्रसाद प्रधानलाई प्रयोग गर्दै उपत्यकाको सभ्यता माँस्न खटाएको थिए । ठिक त्यसैगरी काला अंग्रेज मिसिनरीले पुष्पलाललाई २० औं शताब्दीमा नेपाली पहिचान मास्न प्रयोग गरेको थिए । तिनै पुष्पलालले कम्युनिस्टमा हालेको मिसिनरी जग अहिले समाजवादी, माओवादी, एमालेहुँदै विभिन्न पार्टीको नेताको मन मस्तिस्कमा छ । राणाको शिक्षक पुष्पलाल राणासंग बराबर स्थानमा आसन गर्न नपाएको झोंकमा दार्जिलिङ पुगेर रत्नलालहुँदै विभिन्न चर्चको प्रशिक्षण पश्चात् राष्ट्रिय कांग्रेसमा आवद्ध थिए । बीपीसँग केही समय रहेपछि राष्ट्रिय कांग्रेसको भेलामा बीपीले उच्च पद नदिएकाले चर्च मिसनको नृपेन्द्र चक्रवर्तिको सहयोगी बनेर रहे । नृपेन्द्रले क्रिश्चियन एजेन्डा र इन्डियन (बल्लभ भाइ पटेल, इन्दिरा गान्धी) मिसनको मिश्रणलाई कम्युनिस्ट नामाकरण गर्दै उनको मगजमा बिजारोपण गरें । जब मिसनको प्रशिक्षणको शिक्षा पाए, त्यसपछि उनी एकाएक कम्युनिस्टको संस्थापक बनेर चिनिए । नेपाली कम्युनिष्टको जग बि.स. २००३ सालमा कलकत्ताको क्याम्पवेल मेडिकल साइन्स बनारसमा अध्यनरत विद्यार्थीहरुले मार्किस्ट स्टडी नामको संगठन खोलेर हालेको थिए । जसमा केशरजंग रायमाझी, मनमोहन अधिकारी, डिपि अधिकारी, हिक्मतसिंह भण्डारी, शैलेन्द्र कुमार उपाध्याय, एबि प्रधान, रामबाबु कार्कीलगायत थिए ।

पुष्पलालले माथी उल्लेखित संस्थामा जोडिएर केही समयको अन्तरालमा मार्किस्ट स्टडीको जानकारी बिना गोप्य रुपमा कलकत्तास्थित श्यामबजार मण्डलीमा नृपेन्द्र चक्रवर्तिले तयार पारेको दस्तावेजलाई नेपालीमा भाषाकृत गर्दै आफू स्वयं महासचिव रहने गरि चर्चमा आस्थावान पात्र निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, मोतीदेवी श्रेष्ठलाई सदस्य बनाएर छुट्टै कम्युनिस्ट संगठन खोलेर यसैलाई आधिकारिक कम्युनिस्ट संघ बनाएका थिए । गोप्य मिसनको धन्दा बाहिरीएपछि पुष्पलालले माफी मागेको थिए । तर, विवादको बिचमा नृपेन्द्र चक्रवर्ति सम्मिलित बैठकमा उनै नृपेन्द्रद्वारा लिखित मिसन आदेश नै नेपाली कम्युनिस्टको दस्तावेज बन्यो । साथै, बि.स. २००६ साल बैशाख १० गतेलाई कम्युनिस्ट स्थापना दिन भनेर पारित गरियो । यसरी एउटा कम्युनिष्टको राजनीति नितान्त व्यक्तिगत र विदेशी मिसनको स्वार्थमा उदाउन पुग्यो । जस्को दुरगामी असर अहिले परेको छ । भन्नतः कम्युनिस्टहरु भारतिय ‘विस्तारवाद मुर्दावाद’का नारा लगाउँदै नेपालीजनको भोट बटुलेर सत्तामा पुगे । २००८ सालमा पुष्पलाललाई सत्तामा नराखेपछि नृपेन्द्र र रत्नलालको आदेशमा नै भारत विरोधी नाराको बिजारोपण भएको थियो । त्यो कार्य अहिले सत्तामा हुने कम्युनिस्टसम्म निरन्तर चल्दैछ । शर्मनाक तथ्य कम्युनिस्टको स्थापना, मिसनका दस्तावेज, लगानी र भुमिमा दिएको सैन्य तालिमलगायत सबै दाता त्यहिं भारत मिसन रहंदै आएको छ ।

स्थापना कालमै विवादास्पद रहेको पार्टी २०१० सालमा आइपुग्दा वैचारिक अड्चन र मिसनको चंगुलमा पुगिसकेको थियो । पहिलो महाधिवेशनमा नै पुष्पलाल श्रेष्ठलाई मिसनको मान्छे भनेर मनमोहनलाई महासचिव बनाइएको थियो । यद्यपि दस्ताबेज भने पुष्पलालको नै तत्कालीन रुपमा पारित गरियो । २०१४ सालको दोस्रो महाधिवेशनमा मनमोहन चीनमा उपचाररत थिए, त्यस समय केशरजंग रायमाझीलाई महासचिव बनाइयो । यतिबेलासम्म पुष्पलालले पार्टीभित्र नगन्य मात्रमा इसाई प्रभाव पारिसकेको थिए । उनलाई इन्डियनद्वारा संविधान सभाको चुनावी नारा चर्काउन सुझाएका थिए । कारणबस २०१५ सालमा संविधानसभा नभै आमचुनाव भयो । जम्मा १०९ सिटमा कांग्रेसले १०५ (दुइ तिहाइ) सिट जितेर सरकार बनायो । कम्युनिस्टले भने जम्मा ४ सिटमा चित्त बुझाए । भनिन्छ, राजनैतिक परिवेशको अनेकौं कारणबस २०१७ सालमा राजा महेन्द्रले शासन हातमा लिंदा कम्युनिस्टले मिसन बमोजिम कार्य नगरेकाले पनि राजाको कदमलाई इन्डियाले समर्थन जनाउने एउटा कारण बन्न गएको थियो ।

रायमाझीले महेन्द्र कदमको खुलेर समर्थन गरेपछि पुष्पलाल विक्षिप्त भएका थिए । पंचायती कदमा नेतालाई जेल हाल्ने नीति थियो । केहि कम्युनिस्ट विदेशी मिसन र विदेशीसामु शरण पर्नुभन्दा जेल नै उत्तम भनेर जेल गए । केही इन्डियाको बेतियामा शरण लिन पुगे । तिनै बेतिया जानेहरूले बि.स. २०१९ सालमा इन्डियाको दरभंगमा इन्डियन कम्युनिस्टको संयोजकत्वमा बैठक बसेर पुष्पलालको नीति पास गर्दै केशरजंग रायमाझीलाई ३ वर्ष, डिपि अधिकारीलाई २ वर्ष, पिबि मल्ल, शम्भुराम श्रेष्ठ लगायतलाई एक वर्षको निम्ति पार्टीबाट निस्कासन ग¥यो । स्मरण रहोस्, नेपालमा महेन्द्रले शासन हातमा नलिंदै भएको बैठकमा पुष्पलाल, हिक्मतसिंह भण्डारी, तुलसीलाललाई पश्चिमी मिसनमा लागेको कम्युनिस्टको गद्दार भन्दै पार्टीले निस्कासन गरेको थियो । विदेशी मिसनको भुमरी, स्वार्थको कारण आधिकारिक रुपमै कम्युनिस्ट विभाजन भयो । देश बाँच्नुपर्छ भन्ने कम्युनिस्ट नेता अस्ताउँदै गए । बल्लव भाइ पटेलको योजनामा पुष्पलाल इन्डियन सहयोगमा राजनीतिमा हाबी हुँदै गए । दरभंगा बेतियाहुँदै भारतको विभिन्न भु–भागमा रहेर उनीहरुको हितोपरी लागेको र नेपालमै रहेका कम्युनिस्टबीच अनेकौं विवाद भए । जब २०२७ अन्त्यतिर भएको झापा बिद्रोहले जनमानसमा प्रभाव पार्यो । तब, कम्युनिस्ट न्युक्लियस समिति बन्दै नेपाल र भारतका कम्युनिस्ट पुनःजागृत भए । व्यक्तिवादी रणनीति र सिमापारको (क्रिश्चियन, सिक्किम) मिसनको कारण कम्युनिस्टमा क्षणिक एकता हुने र भंग हुने नियमित चलिरह्यो । फलस्वरूप २०३२ सालमा नेकपा चौम, माले सहितको गुटहरुमा विभाजन भयो । २०३५ सालमा अर्डिनेशन केन्द्र (माले) २०४७ सालमा माले–माक्र्सवादी एकताले (एमाले) बन्यो । तुलसीलाल समूह सबै तथा वर्मा, मानन्धर, मजदुर किसान, मशाल, एकता केन्द्र समूहबाट विद्रोह गरेर आएकाहरुले मुनाफायोग्य पद पाएपछि २०५१ सालमा एमालेमा विलीन भए । यो पार्टी गठन भएपछि नै माधवकुमार नेपालले कोरियन चर्च मिसन पार्टीमा हाबी गराएको थिए । उनका हाल सम्मको अभिव्यक्तिले पनि यो कुराको पुष्टि गर्दछ ।

नयाँ गठित एमाले २०५४ मा फुट्यो । पुनः २०५८ मा जुट्यो । २०७५ मा पश्चिमी मिसन र कोरियन मिसन हाबी भएपछि मिसनको आदेश र सत्ताको चास्नीमा डुब्ने नियतमा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्यो । जसै ओलीले कोरियन मुनको होलीवाइन पिएर इसाई मिसनको बिपरित राम मन्दिरको कुरा उठाए । क्रिश्चियन मिसनले सत्तामा दोहोरी भुमिका खेलेर २०७७ मा पार्टी एमाले, माओवादी बनेर फुट्यो । माकेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु शाहलगायत एमालेमा गए । एमालेका चर्च मिसनका केही नेताले छुट्टिएर समाजवादी पार्टी खोले, कोहि तटस्थ बसे । चौथो बैठक २०३० सालमा नेकपा चौमको जन्म भयो । तर नाम जनतामा स्थापित हुन नपाउँदै मिसनको टकरावले २०४० सालमा निर्मल लामाको चौम र मोहन बिक्रमको मशाल बन्यो । इन्दिरा गान्धी र बल्लभ भाइ पटेल मिसनले नेपाली नेतालाई बहुदलको नाममा भारुद्वरा किनिएको मन्दबिष खिलाएर पालें । व्यक्तिगत लाभ, स्वार्थ हाबी हुँदा बहुदलीय व्यवस्थालाई पनि कमाइ खाने भाँडो बनाउने नियतमा २०४७ सालमा रुपलाल, बाबुराम भट्टराई, निर्मल लामा समूह मिलेर नेकपा (एकता केन्द्र) को गठन गरें । एकता केन्द्र पनि विभाजन भएर नेकपा (एकता केन्द्र) र नेकपा (माओवादी) बन्यो । यता निर्मल लामा र मोहन विक्रमको मिलाप लामो समय चलेन् । पार्टी टुक्रिएर नेकपा एकता केन्द्र र मशाल बन्यो । माओवादी इन्डियामै बसेर विदेशीको खातिर जनयुद्धको नाममा नेपालमा हिंसात्मक गतिविधि गर्यो । मोहनबिक्रमले पनि इन्डियामै रहेर मिसनको काम गरिरहें ।

आम जनताको प्रश्न यो हो कम्युनिस्टको नाम भजाए पनि व्यक्तिपिच्छेका अलग पार्टी के को लागि ? व्यक्तिगत स्वार्थको लागि वा विदेशी मिसनको हिफाजतको निम्ति ? कस्को भुमिका बढी देखाउनको लागि ? कम्युनिस्टको माक्र्सवादी सिद्वान्त जर्मनीमै घृणित बन्यो । लेनिन, स्टालिनको सिद्वान्त रुसमै बिस्थापित भएर पुटिन विचार तिव्र छ । चिनमा माओको विचार पाखा लगाएर सि जिङ विचारको प्रभुत्व स्थापित भैसकेको छ । तर, नेपालमा भने सबैतिरबाट बिस्थापित माओ, स्टालिन, माक्र्सवादी सिद्धान्तको मन्दबिष जारी छ ? पश्चिमीहरु आफ्नो देशमा कम्युनिस्टको नामो निसान राख्न चाहदैनन्, नामै सुन्न सुक्दैनन् । तर किन तिनै पश्चिमीहरु हाम्रो नेपालमा कम्युनिस्टको नामको मिसनलाई भरपुर साथ सहयोग दिन्छन ? तिनै पश्चिमाले कम्युनिस्ट क्रान्तिको नाममा भारतिय भुमी प्रयोग गर्दै शान्तिको बगैंचा नेपाल ध्वस्त पार्यो । शान्ति प्रक्रियामा आएपछि तिनै पश्चिमीले कम्युनिस्टको नेता प्रयोग गर्दै हात हातमा बाइबल पु¥याए । गाउँ गाउँ चर्च खोल्न लगानी गरें । नेपालीले स्पष्ट बुझ्न नसक्ने कम्युनिस्ट राजनीति कस्को निम्ति र के को लागि ?

यावत प्रश्नले मेरो मानसपटलमा ज्वारभाटा ल्याउँछ । धर्म अफिम भन्दै मन्दिरको पुजारी मार्ने । संस्कृत पढाउने शिक्षकको हत्या गर्ने । मन्दिर र गुठीमा ताला लगाउने । तर, चर्च र मस्जिदमा कुनै बन्देज नहुनुको पछाडिको रहस्य के थियो ? माओवादीका नेताहरुले संरक्षण दिएर नेपालीको घरघरमा बाइबल पुर्याउने कार्य गरेको कुरा डा. केवि रोकायमार्फत स्पष्टीकरण आइसकेको छ । त्यसको पुष्टि अधिकांश माओवादीका नेताको चर्च संगको सम्बन्ध, सहपाठी पाष्टर हुनुले गर्छ । माओवादीले जितेको ठाउँमा राज्यको ढुकुटीबाट चर्च बनाउने कार्यले थप प्रमाणित गर्दछ । अर्को तथ्य के पनि हो भने माओवादी नेताको सत्तामोह, राज्यको ढुकुटीको लोभ, दसवर्षे जनयुद्धमा मिसनले गरेको लगानीको प्रतिफल साथै जनयुद्धको समयमा विभिन्न क्रियाकलापद्वारा संकलित हिसाब मिलानसम्म गर्न नसकेपछि बाबुराम भट्टराई, मोहन वैद्य, गोपाल किराँती, मधेसी मुलका माओवादी नेता, नेत्रविक्रम चन्द ‘विप्लव’ विभिन्न पार्टी खोलेर अलग रहनुको कारण बन्यो । भने, प्रचण्ड नेकपा माओवादी लिएर भौतारिनुपर्यो । यी यावत कुराले पनि नेपाली कम्युनिस्टको राजनीति पश्चिमी मिसन र व्यक्तिगत स्वार्थको भुमरीमा छ भन्ने देखाउँछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->