बागलुङ/चर्चित लोक गायक तथा प्रस्तोता राजेश बर्देवालाई लायन्स क्लव सम्मान प्रदान गरिएको छ । काठमाडौंमा आयोजित जोइन्ट इन्डक्सन एण्ड इन्स्टलेसन कार्यक्रममा गायक बर्देवालाई सम्मान गरिएको हो ।
नेपाली लोक तथा आधुनिक गीत संगीतमा क्रियाशिल बर्देवालाई क्लव अन्तराष्ट्रिय ३२५ का डिस्ट्रक्टक गभर्नर बिनोद ढुंगानाले सम्मान गरेका हुन् । करिव ३ सय लायन्स सहभागि कार्यक्रममा बर्देवाले सांगीतिक प्रस्तुतीमार्फत मनोरन्जन प्रदान गरेका थिए ।





