आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फ्युचरलाई अन्तर विद्यालय बास्केटबलको उपाधि

फ्युचरलाई अन्तर विद्यालय बास्केटबलको उपाधि


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८१, शनिबार

बागलुङ/सिद्वार्थ शिक्षा सदन बागलुङले आयोजना गरेको तेस्रो संस्करणको अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि फ्युचर ब्राइटर आवासिय माविले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा आयोजक सिद्वार्थ निलोलाई १४–१९ स्कोरले पराजित गर्दै पाहुना टोली फ्युचरले उपाधि जितेको हो । फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गरेका फ्युचरका निशान कार्की म्यान अफ दि म्याच घोषित भए ।
उपाधि विजेता फ्युचरले नगद १५ हजार प्राप्त गर्दा उपविजेतामा सिमित सिद्वार्थले नगद १० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको विद्यालयका प्रिन्सिपल भोजेन्द्र थापाले जानकारी दिए । प्रतियोगितामा सिद्वार्थका सुविन पुन उत्कृष्ट खेलाडि घोषित हुँदा प्रतियोगिता अवधिभर ५३ स्कोर गरेका सिद्वार्थकै रिजन थापाले हाइस्कोररको पुरस्कार जितेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->