शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तीज गीत प्रतियोगितामा प्रतिभा आमा समूह पहिलो

तीज गीत प्रतियोगितामा प्रतिभा आमा समूह पहिलो


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८१, सोमबार
स्याङ्जा/ आँधीखोला गाउँपालिकाद्वारा आयोजित अन्तर आमा समूह खुल्ला तीज गीत प्रतियोगितामा प्रतिभा आमा समूह, वडा नं. ५ ले प्रथम स्थान हात पारेको हो ।  लोकसंस्कृतिको जगर्ने गर्ने उदेश्यले गरिएको प्रतियोगितामा जागृती आमा समूह, वडा नं.५ द्धितीय, प्रगतिशिल आमा समूह, वडा नं–५ तृतीय र सान्त्वना सत्यदेवी आमा समूह,वडा नं–१ र तल्लो सेपत आमा समूह, वडा नं– ४ भएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताए ।
प्रतियोगतामा प्रथमले ३० हजार, द्धितीयले २५ हजार तृतीयले २० हजार र सान्त्वनाले १५ हजार नगद सहित प्रमाणपत्र हात पाएका छन । उत्कृष्ट भेषभूषामा जुग्ले बजार आमा समूह, वडा नं–५ र उत्कृष्ट नृत्य प्रगतीशिल आमा समूह सम्मानित भएका थिए । २५ आमा समूहको सहभागिता रहेको प्रतियोगितामा सबै जसो वडाहरुका महिला दिदीबहिनीहरुले सहभागिता रहेको थियो ।
प्रतियोगितामा बिजयीहरुलाई गण्डकी प्रदेश सभाकी उपसभामुख बिनाकुमारी थापाले पुरस्कार वितरण गर्दै कला र सस्कृतिको जगेर्नाको दायित्व तीनै तहका सरकारको रहेको बताइन । महिलाको हरेक ठाउँमा सहभागिता मात्र रहेको बताउदै थापाले अर्थ पुर्ण सहभागिता नभएको र अब हुनुपर्नेमा जोड दिइन ।
महिला दिदीबहिनीहरुका गीतमा ग्रामीण कृषिमा परिवर्तन खोजिएको भन्दै सबै महिलाले आर्थिक परिवर्तनको चाहना गीतमार्फत् व्यक्त गरेको थापाको भनाइ थियो । गण्डकी प्रदेश सभामा  सार्वजनिक लेखा समितीका संयोजक सुधीरकुमार पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, पालिका उपप्रमुख सीता थापा लगायतले मन्तब्य राखेका थिए । प्रतियोगिाकाको निर्णयकको बरिष्ठ लोकगायक प्रजापति पराजुली, लोकगायक सरला पाण्डे, कमला गैरेले समेत गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->