स्याङ्जा/ समाजसेवी स्ब. यमनारायण ढकालको प्रथम स्मृति दिवसमा विद्यालमा ५१ हजार रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । आफ्नै जन्मथलो आँधीखोला गाउँपालिका वडा नं. ६ टिकाजामा रहेको शारदा मन्दिर माविमा परिवारले अक्षयकोष स्थापना गरेका हुन् । परिवारले स्ब. ढकाल दुई कार्यकाय अध्यक्ष भइ योगदान गरेको माविमा अक्षयकोष स्थापना गरेको हो ।
अक्षयकोषको ब्याजबाट आउने रकमबाट जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने छ । कोषमा रकम थप्दै जाने परिवारले जनाएको छ । स्ब. यमनारायण ढकाल स्मृति पार्क स्थापना गरि शालिक सहित इतिहास र योगदान सहितको शिलालेख र यात्रु प्रतीक्षालय निर्माण गर्ने धर्मपत्नी प्रेमकुमारी ढकालले बताइन । नेपाल सरकारबाट २०७९ सालमा प्रबल जनसेबा श्री पदकबाट बिभुषित स्व. ढकाल विकास प्रेमी तथा शिक्षाप्रेमी रहेका थिए । उनको ६१ बर्षको उमेरमा गत बर्षको भदौमा निधन भएको थियो ।




