आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

थापा र पराजुलीको जोडीलाई व्याडमिन्टनको उपाधि

थापा र पराजुलीको जोडीलाई व्याडमिन्टनको उपाधि


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८१, बिहिबार

बागलुङ/साविक विजेता विजय थापा र खुमन श्रीसको जोडीलाई निराश बनाउँदै श्याम थापा र रुद्र पराजुलीको जोडीले व्याडमिन्टनको उपाधि जितेको छ ।
निजामती सेवा दिवसको अवसरमा आयोजित बागलुङ जिल्लास्थित निजामती कर्मचारीहरुबीच सम्पन्न अन्तर कार्यालय स्तरीय व्याडमिन्टन प्रतियोगितामा थापा र पराजुली (नेपाल निजाती कर्मचारी संगठन) को जोडीसंग २२–१६ र २२–२० अंकको सोझो सेटमा पराजित हुँदा गत वर्षको विजेता थापा र श्रीस (जैमिनी नगरपालिका) को जोडी उपविजेतामा चित्त बुझाउन बाध्य भयो । बिहिबार भएको फाइनल भीडन्तमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा साविक विजेताले उपाधि रक्षा गर्न सकेन ।
दुई दिनसम्म चलेको प्रतियोगितामा १८ जोडीले सहभागिता जनाएका थिए । विजेता जोडी थापा र पराजुलीको जोडीले नगद १० हजारसहित ट्रफी, मेडल र प्राप्त गर्ने छ । उपविजेता थापा र श्रीसको जोडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा कपिल घर्ति मगर र सस छन्त्याल (जिल्ला प्रशासन) को जोडीले तेस्रो स्थान हासिल गरेको छ । पुरस्कार २२ गते हुने मुल समारोहमा वितरण गरिने निजामती सेवा दिवस मुल आयोजक समितिले जनाएको छ ।
बिहिबारै धौलागिरि आयुर्वेद अस्पतालमा योग शिविर सम्पन्न भएको छ । शिविरमा ४० जनाभन्दा बढी निजामती कर्मचारीहरु सहभागि थिए । दिवसमो अवसरमा सरकारी कार्यालय परिसरदेखि प्रभातफेरी कार्यक्रम समेत तय भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->