मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

नेकपा (एकिकृत समाजवादी) बागलुङको अध्यक्ष बने पिंगलराज गौतम

नेकपा (एकिकृत समाजवादी) बागलुङको अध्यक्ष बने पिंगलराज गौतम


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८१, बिहिबार

बागलुङ / नेकपा (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा पिंगलराज गौतम चयन भएका छन् । जिल्ला कमिटी नै एमालेमा समाहित भएको घोषणा गरेको एक हप्ता नपुग्दै एकिकृत समाजवादीले नेता गौतमलाई अध्यक्षमा चयन गरेको छ ।
जिल्ला अध्यक्ष लालबहादुर थापा सहितका केही नेता मात्रै एमालेमा प्रवेश गरेपनि जिल्ला कमिटी नै समायोजन भएको हल्ला गरेकोमा आपत्ति जनाउदै आएका गौतम रिक्त अध्यक्ष पदमा चयन भएका हुन् ।
पार्टीको केन्द्रीय कमिटिको निर्णयले जिल्ला सचिवालय सदस्य रहेका बागलुङ नगरपालिका वडा नं. ३ का गौतमलाई अध्यक्षमा नियुक्त गरिएको पार्टीका केन्द्रिय महासचिव घनश्याम भुषालले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
समाजवादीको गत असारमा भएको महाधिवेशनमा केन्द्रिय सदस्य नपाएपछि निस्कृय जस्तै बसेका जिल्ला अध्यक्ष थापा, पोलिटव्यूरोमा पराजित केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला सचिव भरत पुरी र परिषद सदस्य भूपाल चालिसे लगायत एमालेमा प्रवेश गरेको आरोप एकिकृत समाजवादीमा नै रहेकाहरुको छ ।  उनीहरुलाई स्वागत गर्न एमाले गण्डकी प्र्रदेशका इन्चार्ज किरण गुरुङ बागलुङ आइपुगेका थिए । अध्यक्ष, सचिव र केन्द्रीय सदस्य जिल्लाको माइन्युटसहित एमालेमा प्रवेश गर्दा सो पार्टीमा केही दिन सुन्यता थियो ।
बिहिबार भुषालले पठाएको पत्र पाएपछि गौतमसहित नेकपा एसका कार्यकर्ताले पुनः पार्टी नेतृत्व गर्न आफुहरु तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->