शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद

पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८१, शुक्रबार

म्याग्दी / अविरल वर्षासँगै झरेको पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद भएको छ । बेनी-बाग्लुङ र बेनी-जोमसोम दुबै तर्फका सडक पहिरोले अवरुद्ध भएकाले सडक सम्पर्क विच्छेद भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी इन्सपेक्टर राजन रायमाझीले गएराति पहिरो झरेकाले दुवैतर्फका सडक अवरुद्ध भएको बताए । उनका अनुसार अन्नपूर्ण गाउँपालिका-३ गुइँठेभिर र सुकेबगर तथा अन्नपूर्ण गाउँपालिका-२ को भुरुङभिरमा झरेको पहिरो पन्छाइए पनि अन्य ठाउँको पहिरो पन्छाएर सकिएको छैन ।

बेनी-जोमसोम सडकखण्डको अझै दुई ठाउँमा पहिरो छ । सो सडकखण्डको रघुगंगा-२ चनौटे र अन्नपूर्ण गाउँपालिका-७ महभिरमा झरेको पहिरो पन्छाउने काम जारी छ ।

म्याग्दी-बागलुङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका २ सिममा पनि पहिरो खसेको छ । त्यहाँको पहिरो पन्छाएर एकतर्फी बाटो खुलाइएको छ । सिमबाट अगाडि बढे पनि फेरि अर्को पहिरो बागलुङ खण्डमा झरेकाले गाडीहरु रोकिनु परेको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएकाले दर्जनौं सवारी साधनमा सवार सयौं यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->