शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अर्जुनचौपारीमा नेपालमै पहिलो नवग्रह मन्दिर बन्दै

अर्जुनचौपारीमा नेपालमै पहिलो नवग्रह मन्दिर बन्दै

गणेश चतुर्थीमा रोपियो १०८ पीपलका बिरुवा


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८१, आइतबार

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले वडा नं १ पञ्चकन्या धार्मिक वन केटीचौरमा १०८ वटा पिपलका बिरुवा रोपण गरेको छ ।
पञ्चकन्या मन्दिर निर्माण समितिकाे सक्रियतामा पालिकाले शनिबार गणेश चतुर्थीको दिन पारेर पिपलका बिरुवा रोपेको हो ।
शनिग्रहको बिशेष र शुभको रुपमा हेरीने भएकाले धार्मिक बन बनाउने उद्देश्यले पिपल रोपिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
गणेश चतुर्थीको दिन पीपलको बिरुवा रोप्ने योजना बनाए पनि बिरुवा नपाउँदा समस्या बनेको बताउँदै तिवारीले सबै पालिकाका वासीको सहायताले सफल भएको जानकारी दिए ।लपाँच वटा धार्मिक गुरुकाहरुको पूजा अर्चनापश्चात गाउँपालिका अध्यक्ष तिवारीले बिरुवा रोपेर सुरुवात गरेका थिए । नयाँ धार्मिक गन्तव्यकाे रुपमा विकास भइरहेको यस ठाउँमा पालिकाको सक्रियतामा नवग्रह मन्दिरको निर्माण समेत तीव्र रुपमा अगाडि बढाइएको छ । यही नवग्रह मन्दिरको छेउछाउँमा पिपल रोपिएको हो ।

नेपालमा पहिलो पटक बनाउन लागिएको नवग्रह (नौ आकाशीय पिण्ड) को मन्दिर भारतको असमको चित्रसालको पहाडमा मात्र रहेको छ ।
दियो आकारको पूर्वतर्फ फर्केको मन्दिर बन्ने बताउदै पालिका अध्यक्ष तिवारीले पालिकालाई हिन्दु धर्मालम्बीको केन्द्र बनाउने लक्ष्य रहेको बताए । यहाँ निर्माण हुँदै गरेको मन्दिर भारतको असमको भन्दा फरक रहेको बताउदै तिवारीले यहाँ बन्ने नवग्रह मन्दिर विश्मै पहिलो भएको दाबी समेत गरे । नौ वटा सर्कल रहने मन्दिरको माथिबाट घुम्न थालेपछि पुछारमा रहेने सुरुड्डबाटोबाट बाहिर निस्कन मिल्ने छ । नौवटा भुजा रहने पिल्लरमा १३ फिटमा नौवटा ग्रहका प्रतिक रहने छन् भने त्यस माथी चर्तुभुज आकारको १४ फुटको पिल्लर रहने छ ।
पिल्लरको सबैभन्दा माथि सूर्यतर्फ फर्केको सौर्यमण्डलीय (ग्रह) को प्रतिमा रहने छ भने यहाँ रहने प्रतिमा हिन्दुधर्मका कहलिएका धार्मिक ज्योतिषीको निर्देशनमा भारतमा बनाइएको छ । एक वर्षमा मन्दिर पहिलो चरणमा निर्माण सकिने छ भने आगामी वर्षको गणेश चतुर्थीमा  पूजा गरिने तिवारीले बताए । नवग्रह मन्दिरसँगै बनाइने षट्कोणको बीचमा पशुपतीनाथको जस्तै पञ्चमूखी शिवलिङ्ग राखिने र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरब, हनुमान र दुर्गा भवानीको मूर्ति राखिने छ ।

सौर्यमण्डालीय ग्रहको प्रतिमा वर्षमा एकपटक गणोश चतुर्थीको दिन मात्र हेर्न पाइने छ । नौवटा सर्कल रहने मन्दिरमा हरेक दिन एक सर्कल मात्र घुम्न पाइने छ भने गणेश चतुर्थीको दिन भित्री ढोका खुलेपछि मात्र नौ सर्कल घुम्न पाइनेछ ।
पालिकाले १० करोडको डीपीआर बनाएर काम थालेको छ भने अहिलेसम्म २५ लाख खर्च भएको छ । नेपाल सरकाराको भन्दा पनि सहयोगी दाताबाट निर्माण गर्ने लक्ष्य लिएएको पालिकााले लिएको छ ।
पहिलो चरणमा प्रदेश सरकारले समपूरक बजेटबाट ४० लाख विनियोजन गरेको र २० लाख पालिकाले थपेर काम अगाडि बढाइने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->