मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

साथीहरुले बुझपचाउँदै बढुवालाई सरुवा भनेपछि…

साथीहरुले बुझपचाउँदै बढुवालाई सरुवा भनेपछि…


  • याम बहादुर थापा मगर
  • भाद्र २९ २०८१, शनिबार

म २८-२९ वर्षको उमेरमा लोक सेवा आयोगको परिक्षामा सामेल हुन थालेको हो । लामो समय साना किसान सहकारी संस्था भकुण्डेमा कामकाज गर्दै अनेरास्ववियु र युवा संघ नेपाल बागलुुङको उपाध्यक्ष, प्रेस चौतारीको जिल्ला अध्यक्षहुँदै केन्द्रिय सदस्यसम्म भइसकेको थिए । पत्रकारितामा क्रियाशिल रहदैको समयमा नेपाल आदिवासी जनजाति पत्रकार संघ बागलुङको संस्थापक सचिव समेत भएको थिए ।

तत्कालिन समयमा नेकपा एमाले बागलङको इलाका नं. १ को इलाका सचिव पदमा नेतृत्व गरिसकेको थिए । अर्कोतिर नेपाल मगर विद्यार्थी संघ क्याम्पस इकाई समिति, धवलागिरि बहुमुखी क्याम्पस बागलुङको सचिव, अध्यक्षहुँदै केन्द्रिय महासचिवमा निर्वाचित भई आर्थिक अभावका बिच गरिरहेको थिए । राष्ट्रिय समाचार समिति धौलागिरी अञ्चल कार्यालय बागलुङमा पत्रकारिता गर्दा जिल्लादेखि केन्द्रसम्मका थुप्रै तहका आदरणीय महानुभावहरुसँग परिचित हुने र समन्वय हुने मौका मिलेको थियो । त्यसै क्रममा निजामति सेवामा आरक्षणमार्फत समानुपातिक प्रणालीबाट केही चिनेका साथीहरु खरिदार, सुुब्बामा पास भएको जानकारी हुन थाल्यो । त्यसभन्दा अगाडी एक दुई पटक तयारी गरेर खरिदारको परिक्षा दिएको थिए । तर नाम निकाल्ने गरि अध्ययन नभएकोले फेल भएपछि परिक्षा दिन छोडेको थिए । अध्ययन पनि सामान्य तरिकाले हुने र क्याम्पसमा

आयोजक तथा अतिथि भएर थुप्रै कार्यक्रममा सहभागी हुँदैमा दिन बितेको पत्तै हुदैनथ्यो । हरेक क्षेत्रमा हात हाल्ने तर सफलता र नेतृत्वमा पुग्न नसकेपछि वैवाहिक जीवन सुरुवात भएकोले एकपछि अर्को संघर्षका दिनहरु बितिरहेको थियो । लाहुरे भएका साथीहरु छुट्टीमा आउँदा आफु नतमस्तक भएर लाहुरेको तडकभडक हेर्ने गर्दथे ।

समय बित्दै गएपछि गाउँका केही लोक सेवा आयोगको परीक्षा पास गरेर न्याय प्रशासनमा नायब सुब्बा भएका लालसिंह थापा मगर (हाल जिल्ला न्यायाधिस पदमा कार्यरत), तिलबहादुर थापा मगर उपसचिव पदमा कार्यरत (बागलुङ नगरपालिका १० भकुण्डेका वडा अध्यक्ष पदमा प्रतिनिधित्व गर्नुहुन्छ ।), शिक्षक धनी प्रसाद शर्मा, भैरव मावि, खडगबहादुर थापा भैरव माविका शिक्षक, भकुण्डेका शिक्षक खगराज रिजाल, महाविद्याजन मावि रायडाँडाका शिक्षक डोलचन्द्र शर्मा रिजालको उदाहरण बाआमाले घरमा पटक दिनुहुन्थ्यो । तर मलाई आत्माबोध तरिकाले ज्ञान हुन सकेको थिएन । वि.स. २०६५ सालको विज्ञापन लोक सेवा आयोगको परीक्षामा फाराम भरे । दुईतिन वटा किताब खरिदार, नायव सुब्बाको किनेको थिए तर पुरा पाना अध्ययन गर्ने र स्पाइरल प्याडमा धमाधम लेख्ने काम एउटा किताबको पनि सकेको थिएन । मलाई स्पाइरल प्याड कपीमा लेख्न खुब मज्जा आउथ्यो । धेरै लेखिसकेपछि थाहा भयो कि लोक सेवाको परिक्षामा त खाली सादा कापीमा लेख्न पर्छ । लाइन भएको कापीमा लेख्दा सादा पानामा लेख्दा लाइन छडके हुन्छ भन्ने जानकारी भएपछि त्यति नै मात्रामा सादा कापीमा लेख्न थाले ।

एउटा मात्र किताब पुरा नपढ्दै परिक्षा आइसकेको थियो । नायव सुब्बाको सबै पदहरुमा परीक्षाको फाराम पनि भरेको थिए । सामान्य ज्ञानका पाठ अर्को किताबका पढ्दा धेरैजसोः जिके पहिला नै थाहा भएको पाए । अब मलाई झन् पढ्नको लागि हौसला मिलेको थियो । परीक्षा दिएर बाहिर आँउदा त साथीहरुले मेरो त २२ वटा, अर्को साथीले मेरो त २३ वटा, झन् अर्को साथीले २४ वटा प्रश्न मिलाएको छु भन्छन् । मैले कुल २५ वटा प्रश्नमा मुश्किलले १९ वा २० वटा उत्तर मिलाएको थिए । लेखनको दोश्रो पत्रमा पनि मैले जानेका र आत्माविश्वासका साथ उत्तर लेखेर दिए । प्रस्तिपर्धी साथीहरुले दोश्रो पत्रको उत्तरमा पनि मैले हुबहु किताब र संविधानको लेखे । संविधानको धारा, उपधारा, भाग मज्लाले लेखे भन्छन् । मैले साथीहरुले भने जसरी लेखेको थिइन् ।

तर पछि लिखित परीक्षाको नतिजा प्रकाशन हुने समयमा २३ वटा र २४ वटा वस्तुगत प्रश्नको उत्तर दिने साथीहरुको नाम निस्केन । मेरो नामसहित तीन जनाको नाम निस्कको थियो । अन्तवार्तामा के कसो हुने हो ढुक्क थिइन् । अनुभवी पाका मानिसहरुलाई सोध खोजमा लागेर अन्तवार्ता दिन आत्मबल भरेको थिए । अन्तवार्तामा पनि पास भएर राजपत्र अनंकित द्धितिय श्रेणी खरिदार पदमा जिल्ला विकास समिति –जिविस) को कार्यालय, बागलुङमा हाजिर हुन पुगे । जिविसका स्थानीय विकास अधिकारी जनकराज पौडेल हुनुहुन्थ्यो । म नियुक्ति भै हाजिर हुन पाउ भन्ने निवेदन लिएर जाँदा बित्तिकै तपाईलाई पढ्नको लागि समय दिइन्छ । शाखा अधिकृत, नायव सुब्बाको लागि तयारी गर्नुहोस् भन्ने भन्नुभयो ।

किनभने म त्यसभन्दा अगाडी नै धेरै कार्यक्रम र जमघटमा जनकराज पौडेलसँग सात्क्षाकार भैसकेको थिए । उहाँको बोली लत्पतिएर बोल्ने गर्नुहुन्थ्यो । त्यहीं समयमा योजना तथा प्रशासकीय अधिकृतमा देवी प्रसाद सुवेदी कार्यरत हुनुहुन्थ्यो । उहाँको कार्यकक्षमा गएर संक्षिप्तमा जानकारी गराउँदा बित्तिकै भन्नुभयो हुन्छ नि याम जी केही प्रश्न र जिज्ञासाहरु छन् भने मलाई भन्नुस् म सहयोग गर्छु हजुरलाई भन्नुभयो । म हाजिर भै साथीहरुसँग तत्कालिन समयको गाउँ विकास समिति (गाविस) का सम्पर्क कार्यालयहरुमा गएर छलफल गर्न पुगे । साथीहरु तुरुन्तै गाविसको जिम्मेवारी लिनुहोस् । लेखानी गाविस खाली छ भन्नुहुन्थ्यो । त्यस समयमा गाविसका सचिवलाई अध्यक्ष पदको समेत दोहोरो जिम्मेवारी भएकाले बहुत आर्कषक जागिर मानिन्थ्यो । उता स्थानीय विकास अधिकारी र योजना तथा प्रशासकीय अधिकृतसँग अध्ययन गर्ने कुराकानी भएको छ । म रनभुल र चकमन्नमा पर्थे । हप्ता दिनसम्म कार्यालय हाजिर हुँदै सबै कर्मचारीहरुलाई अभिवादन गर्दै कोठामा जान्थे । म कार्यालयमा अभ्यस्त भएपछि झोलामा कापी, कलम, सुब्बाको किताव बोकेर विद्यामन्दिर पुस्तकालय बागलुङमा नियमित पाठकका रुपमा जान थाले । पुस्तकालयमा आउने अरु पाठकहरुले पालो पर्खेर पत्रपत्रिकाहरु अध्ययन गर्दथे । तर, मैले आफुले लगेर गएको नायब सुब्बाको किताब अध्ययन गर्ने र लेख्ने काम गर्न थाले । बाटोमा भेट्दा साथीहरुले किन गाविसको जिम्मा लिन ढिला गरेको हो सर । काम हामीले सिकाइदिन्छौ भन्थे । मैले प्रत्यक्ष सिधा जवाफ दिन सक्दैनथे । झन्डै सात महिना जति दैनिक कार्यालय हाजिर हुने र अध्ययनका लागि पुस्तकालय जाने दैनिकी हुन थाल्यो । नबुझेका, अपस्ष्ट भएका बारेमा कापी टिपेर योजना तथा प्रशासकिय अधिकृत देवी प्रसाद सुवेदीलाई सोध्ने गर्दथे । उहाँले पनि ल्यापटपमा सर्च गरेर बुझिने गरि जवाफ दिन्थे । लगातार पुस्तकालयमा जाने बानीको विकासले मलाई सर्वोकृष्ट पाठक सम्मान वि.स. २०६७ मा दिलाउन सफलता मिलेको थियो ।

नायव सुब्बासँगै शाखा अधिकृतको समेत फाराम भरेको थिए । नायव सुब्बाको परीक्षा दिएपछि त जिम्मेबारी तोकिदिन्छन् होला भनेको सरुवा भई जानु भएका जनकाराज पौडेल नयाँ आउनुभएको एलडिओ विष्णुबहादुर थापालाई यामबहादुर थापा पढ्ने मान्छे हो । शाखा अधिकृतको परीक्षासम्म जिम्मेबारी नदिनु भन्नुभएको रहेछ । थापाले समेत सहज वातावरण बनाइदिनुभयो । त्यहीं समयमा कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका प्रमुख कोष नियन्त्रयक नेत्र प्रसाद सुवेदीसँगको नजिकको सम्बन्ध स्थापित हुन पुग्यो । सामान्य ज्ञान, लेखन सिप बढावा दिनको लागि बिहानको समय झन्डै एक महिनाभन्दा बढी नियमित सामुहिक समुहमा अध्ययन गर्ने काम समेत भयो । हाल नेत्र प्रसाद सुवेदी ‘प्रयास’ जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हुनुहुन्छ ।

परीक्षा दिई सकेपछि फेरी अर्को वर्षको लागि तयारी गर्नु थियो कि पदिय जिम्मेवारी लिनु थियो । मैले परीक्षा सकियो सर जिम्मेवारी दिनुपर्र्यो भनेर माग गरे । परीक्षा कस्तो भएको छ ? मैले जवाफमा ठिकै भएको छ भने । राम्रो भएको छ नाम निस्कन्छ भनेर ढुक्क तरिकाले भन्न सकिन । हुन्छ अब लेखानी गाउँमा जाने कि भनेर प्रशासन शाखामा भनेको थिए । तर लेखानीमा पदस्थापना गर्न स्थानीय नेतृत्वबाट रोकावट भएको जानकारी प्राप्त भयो । सात महिनापछि दमेक गाउँ विकास समिति बागलुङमा खटाएपछि सम्पर्क कार्यालय बागलुङ बजार हल्लनचोकबाट काम हुन थाल्यो । नरेठाँटी, मालिका, तित्याङ, दमेक, सिसाखानी गाविसहरुको संयुक्त कार्यालय रहेछ । पुराना साथीहरु पाका भएकोले सिफारिस पत्र लेख्न अभ्यास नभएकोले साथीहरुले सुरुमा सहयोग गरे ।

जिज्ञासु हुँदा हुदै छ महिना बितेको पत्तै भएन । म दमेकको कालापातल, देउराली खानीहुँदै भकुण्डे घरमा पसेर बागलुङ बजार आउने क्रममा थिए । कालापातलमा राम्रोसँग कुनै स्थानमा मोबाइलको टावरले टिप्दैन थियो । गोरखापत्रमा लोक सेवा आयोग क्षेत्रीय कार्यालय पोखराको नायव सुब्बाको लिखित परिक्षाका नतिजाहरु प्रकाशन भएको थाहा पाएर तत्कालीन प्रमुख कोष नियन्त्रक नेत्र प्रसाद सुवदीले फोन गर्नुभएको रहेछ । मलाई सम्पर्क हुन सकेन भन्दो रहेछ । म जब हिंडदै देउरालीखानी उकालो भिरमा थिए । मलाई बधाई याम जी भन्दै खुशीको खबर फोन आयो । ल बागलुङ बजारमा भेट्नु पर्छ भन्दै । म घरमा गएर फेरी सुचना हेरी अन्तवार्ताको लागि सुझावहरु संकलनमा लागे । नायव सुब्बाको लिखित परीक्षा प्रशासन सेवाको प्रशासन, लेखा र राजश्व तथा न्याय सेवाको पदमा समेत निस्केको थियो । प्रशासन, न्याय समुहमा मेरो नाम अन्तवार्तामा निस्केन । लेखा समुहमा नाम निस्कयो । राजश्व समुहमा अन्तवार्ता दिन पाइएन । म लेखापाल पदमा जिल्ला शिक्षा कार्यालय, म्याग्दी नियुक्ति भई कामकाज गर्न थाले । त्यसपछि पनि शाखा अधिकृतमा प्रयास जारी राखेपनि सफलता हासिल हुन सकेन । त्यसमा अंग्रेजी भाषा, बौद्धिक परिक्षणमा हल्का कमजोर भएका कारणले सफलता हासिल नभएको निष्र्कष निकाले ।

तर ममा नियमित अध्ययनको निरन्तरता हुन सकेन । म म्याग्दीमा सरुवा नभई बढुवा भई गएको थिए र तर गाविसको सम्पर्क कार्यालयमा सँगै कामकाज गर्ने साथीहरु सबै खरिदार तहमा नै बढुवा नभई कामकाजमा थिए । उनीहरुलाई खोइ यामबहादुर थापा भन्दा उहाँ त सबै साथीहरुले एकै स्वरमा सरुवा भै बेनी, म्याग्दीमा जानुभएको छ भन्नुुहँुदो रहेछ । सो बारेमा मलाई धेरै पछि मात्र दमेक गाउँका साथीले भनेपछि थाहा भयो । म बागलुङ बजार आउँदा एक जना चिनेको सेवाग्राही साथीसँग भेटघाट हुँदा त उहाँले तपाईको त सरुवा भएर बेनी जानु भएछ भन्नुभएपछि सहकर्मी साथीहरुबाट बौद्धिक स्तरको जवाफ दिनुभएछ । धेरै अनपढ मानिसहरुलाई सरुवा बढुवा बारेमा भिन्नता छुटयाउन गाह्रो थियो । मैले सरुवा होइन बढुवा भएर गएको हो भनी स्पष्टसँग जवाफ दिए ।

अन्तमा सँगै छोटो समय कामकाज गरेको साथीहरुबाट भएको झुट विवरण मेरा बारेमा जानकारी दिएकोमा अहिले पनि समय समयमा घतलाग्दो घटनाको रुपमा ताजा बनेर मष्तिकमा रहन्छ । सँगै कामकाज गरेको साथीहरु मध्ये एक जना अमेरिका जानु भएको छ । एक जना अवकाश उमेर हदका कारण हुनुभएको छ । अरु दुई जना नायव सुब्बा पदमा सेवारत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->