मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बुर्तिबाङमा घर भत्केर पुरिँदा एक जनाको मृत्यु, ११ जना घाईते

बुर्तिबाङमा घर भत्केर पुरिँदा एक जनाको मृत्यु, ११ जना घाईते


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८१, शनिबार

बागलुङ/ पुननिर्माण गरिरहेको घर भत्किँदा च्यापिएर बागलुङमा एक जनाको मृत्यु भएको छभने ११ जना घाईते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा भत्किएको घर पुननिर्माण गर्नेक्रममा सोही घर थप भत्किँदा स्थानीय ५५ बर्षिय बेग बहादुर बिकको मृत्यु भएको हो ।

ढुंगामाटोले च्यापिएका बिकको घटनस्थलमानै मृत्यु भएको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । घर भत्किँदा रुपन्देहीको बुट्वल उप महानगरपालिका–९ का २६ बर्षिय शंकर पन्थी, काटमाण्डौ–१० का २४ बर्षिय सुगान्त पौदेल, ढोरपाटन–४ का ३४ बर्षिय खडक प्र. बि.क. २० बर्षिय ईन्द्र रसाईली, ४० बर्षिय कोपिला छन्त्याल, ५० बर्षिय शुभ बुढामगर, ४० बर्षिय देविसरा बि.क. ३० बर्षिय थम कुमारी बि.क. र तमानखोला गाउँपालिका–१ की ३८ बर्षिया खममायाँ घर्ति, सोहीठाउँका ३५ बर्षिय टेक बि.क. र ५१ बर्षिय टेकमायाँ रसाइली घाईते भएका छन् । उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । घाईते मध्ये दुई जनाको टाउकोमा चोट लोको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->