बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हिलसाइड स्कुलले मनायो बाल दिवस

हिलसाइड स्कुलले मनायो बाल दिवस


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८१, शनिबार

पोखरा/ बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनीू भन्ने आदर्श वाक्यका साथ पोखराको हिलसाइड इङ्ग्लिस स्कुलमा ६० ओैँ राष्ट्रिय बाल दिवसको अवसर पारेर समाचार वाचनदेखि सामुदायिक सचेतनासम्मका कार्यक्रम सम्पन्न भएका छन ।

बाल दिवसको पूर्व सन्ध्यामा विद्यालयमा गठित नेपाल युवा रेडक्रस सर्कलको आयोजनामा शुक्रबार अङ्ग्रेजी भाषामा समाचार वाचन प्रतियोगिता सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा कक्षा ८ र ९ तर्फ सविन पौडेल विजयी भएका थिए भने उपविजेताको पुरस्कार वृन्दा शर्माले हात पारेकी थिइन्। त्यसैगरी सोही कार्यक्रममा कक्षा ७ र ८ तर्फ प्रथम आडिल भट्टराई, द्वितीय युवराज भण्डारी र तृतीय स्थान ईशान सुवेदीले हात पारेका थिए।

विद्यालयमा गठित हिलसाइड स्काउट ट्रुपको आयोजनामा बाल दिवसकै अवसरमा शनिबार सामुदायिक सचेतना कार्यक्रम आयोजना गरिएको थियो। यस कार्यक्रममा स्काउटमा आबद्ध विद्यार्थीले समूहमा रही मालेपाटनमा रहेको बरालचोक र गोलचौताराका बासिन्दाहरूसँग बाल गतिविधिका बारेमा साक्षत्कार गरेका थिए । प्रश्नावली नै बनाएर समुदायमा रहेका बाल क्रियाकलापसम्बन्धि विवरणहरू सङ्कलन गरिएको यस कार्यक्रममा विद्यालयका प्राचार्य डिल्लीराम भट्टराईले सम्पूर्ण विद्यार्थीहरूलाई विवरण सङ्कलनको अनुमति दिएर उद्घाटन गरेका थिए।

बाल दिवसकै अवसरमा विद्यालयमा कविता वाचन, वक्तृत्वकला, चित्रकला आदिजस्ता कार्यक्रम पनि सम्पन्न गरिएको विद्यालयले जानकारी दिएको छ भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बरालको अध्यक्षता सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->