बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एन प्याव्सन कास्कीकाे श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

एन प्याव्सन कास्कीकाे श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८१, शनिबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (0.45925927, 0.76319444); modeInfo: ; sceneMode: 512; cct_value: 6200; AI_Scene: (-1, -1); aec_lux: 45.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 39;

पोखरा/ एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ ।
प्रतियोगितामा युनिभर्स इङ्लिस स्कुल द्धितीय, रत्न ज्योति मावि तृतीय, फेवा वोडिङ स्कुल चौथा तथा वागमारा एकेडेमी र अल्फा वोडिङ स्कुल सान्त्वना भएका छन् ।

प्रतियोगितामा विजयी विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले संस्थाका हरेक गतिविधि उत्कृष्ट रहेको बताए ।‘एन प्याव्सन कास्कीको मेजेरिटीले यस संस्थामा आवद्ध विद्यालयको पढाइ, परीक्षा र हरेक गतिविधिमा एकरुपता छ त्यसैले पनि यस संस्थाका गतिविधि उत्कृष्ट छन्’ आचार्यले भने, ‘आगामी दिनमा यस्ता कार्यक्रम निरन्तरता दिन अनुरोध गदर्छु ।’

प्रतियोगितामा एन प्याव्सनमा आवद्ध ३४ विद्यालयका विद्यार्थीको सहभागिता रहेको एन प्याव्सन कास्कीका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक हरिराज अधिकारीले जनाए। विद्यार्थीको आतरिक प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए । ‘पढाइका अलवा एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीको प्रतिभा उजागर गर्न संस्थाले फरक फरक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ’ अध्यक्ष अधिकारीले भने, ‘हरेक कार्यक्रममा विद्यालयबाट विद्यार्थीको सहभागिताले हाम्रा कार्यक्रम सफल भएको महशुस भएको छ ।’ उनले आगामि दिनमा पनि संस्थाले आयोजना गर्ने कार्यक्रम यस्तै खालको सहभगिताको अपेक्षा गरेको बताए ।

एन प्याव्सन कास्कीले अतिरिक्त कार्यक्रम बाहेर हरेक वर्ष वृहत शैक्षिक प्रदर्शनी र वृहत खेलकुद महोत्सव गर्दै आएको कार्यसमिति सदस्य विक्रम सुवेदीले जानकारी दिए । यस वर्ष भने संस्थाले खेल क्षेत्रलाई मध्येनजर गर्दे वृहत खेलकुद महोत्सव सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->