मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

एमाले वडा कमिटीको पदस्थापन

एमाले वडा कमिटीको पदस्थापन


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८१, शनिबार

बागलुङ/ नेकपा एमालेले बागलुङ नगरपालिका–७ कालिमाटीमा नवनिर्वाचित वडा कमीटिको पदस्थापन गराएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित वडाकमिटीका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको हो ।

नगर कमिटि अध्यक्ष रामकृष्ण शर्माले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पार्टी र जनताको हितमा का मगर्न आग्रह गरे । एमाले जनताको दुःख बिसाउने पार्टी भएकाले जनभावना बुझेर काम गर्नुपर्ने दायीत्व पनि एमालेसँग रहेको बताए ।

कार्यक्रममा एमाले नेता तथा वडाअध्यक्ष मेघनाथ गैरेले सम्बोधन गरेका थिए । वडा कमिटिका नवनिर्वाचित अध्यक्ष युगेन्द्र प्रसाद खनालको अध्यक्ष र सचिव महिन्द्र शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->