पोखरा/ कास्की प्रहरीले भदौ महिनाभर अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ८६ जना प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६३ पुरुष र २३ महिला छन ।
जिल्ला प्रहरी कास्की तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित अदालतमा बुझाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माले बताए । पक्राउ परेकाबाट ८ वर्ष १० महिना १ दिन कैद सजाय र ४६ लाख ४२ हजार ९ सय रुपैयाँ जरीवाना असुल गर्न बाँकी छ ।
पक्राउ पर्नेमा चेक अनादर मुद्धामा ५२ जना, लागू औषध मुद्दामा ९, चोरी सम्बन्धी मुद्दामा १,, अपहरण तथा शरिर बन्धक मुद्दमा १, हातहतियार तथा खरखजना मुद्दामा १ जना, नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दामा १, राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा २ जना छन । यसैगरी बाल यौन दुरुपयोग मुद्दामा २ जना, बैंकिङ कसूर मुद्दामा ६, अभद्र व्यवहार मुद्दामा ३, लेनदेन मुद्दामा ३, सवारी ज्यान मुद्दामा २ र जालसाझी मुद्दामा ३ जना पक्राउ परेका हुन ।





