शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका २८९ जनामा डेंगी सङक्रमण

स्याङ्जाका २८९ जनामा डेंगी सङक्रमण


  • ढोरपाटन संवाददाता
  • असोज १ २०८१, मंगलबार

स्याङ्जा/११ पालिका रहेको स्याङ्जामा १० पालिकामा डेंगीको सङक्रमण भेटिएको छ । यहाँको फेदीखोलामा डेंगीको सङक्रमण नदेखिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईंले यस आर्थिक वर्षको दुई महिनामा २८९ डेंगीका संक्रमित भेटिएको बताए । यहाँ साउनमा ८२ र भदौमा २०७ जना डेंगीका सङक्रमित भेटिएको चापागाईंले बताए ।
यहाँ सबैभन्दा धेरै भीरकोटमा ४५ जनामा डेंगीकाका सङक्रमित भेटिएका छन् भने चापाकोटमा ३४, कालिगण्डकीमा ३३, वालिङमा २८, पुतलीबजारमा १७, गल्याङमा १०, अर्जुनचौपारीमा सात, हरिनाशमा छ, बिरुवा चाार, आँधीखोलामा तीनजना संक्रमित भेटिएका छन् ।
त्यस्तै जिल्ला अस्पताल स्याङ्जामा ४३ जनामा संक्रमण पुष्टि भएको चापागाईंले जानकारी दिए । साउनमाभन्दा भदौमा डेंगी संक्रमित बढेका छन् । साउनमा चापाकोटमा धैरेमा संक्रमित पुष्टि हुँदा भदौमा भिरकोटमा धेरैमा सङक्रमण देखिएको छ ।
गर्मी घटेसँगै सङक्रमण घट्ने बताउँदै चापागाईंले अहिले हरेक पालिकामा खाल्डाखुल्डी पुर्ने, घर नजिक झाडी फाल्ने अभियान चलाएको र सुत्दा झुल प्रयोग गर्न सुझाव दिइएको बताए ।
यो रोग विशेषगरी पोथी एडिज नामको लामखुट्टेकोे टोकाइबाट मानिसमा सवगर्ने गर्दछ भने शुरुमा बिरामीको टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जिउ तथा हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने डेङ्गुका लक्षण भएकाले यस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->