शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शिक्षाको विकासमा सबैको चासो जानुपर्ने– प्रदेश प्रमुख भट्ट

शिक्षाको विकासमा सबैको चासो जानुपर्ने– प्रदेश प्रमुख भट्ट


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८१, बुधबार
स्याङ्जा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शिक्षाको विकासमा सबैको चासो जानुपर्ने बताएका छन । जिल्लाको फेदीखोला गाउँपालिकाले वडा नं २, सिद्धार्थ माविमा गरिएको नवौं संविधान तथा ४५ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधवार आयोजना गरेको कार्यक्रममा भट्टले उक्त कुरा बताएका हुन ।
शिक्षा नभई केही नहुने बताउदै उनले शिक्षा नभएको नागरिकसँग सबै भएर पनि केही नहुने उल्लेख गरे । फेदीखोलाले शिक्षाको क्षेत्रमा प्रगती गरेको बताउँदै अन्य पालिकाले समेत यसलाई अवलम्बन गर्नुपर्ने उनको भनाई थियो । अहिले प्राविधिक शिक्षा आवश्यक रहेको बताउदै प्राविधिक क्षेत्रमा फेदीखोलाले फड्को मारेको उनले बताए । यहाँका पर्यटकिय गन्तब्यको विकासमा सरकारले प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख खड्कराज सुवेदीले शैक्षिक विकासको लागि शिक्षक मात्र नभइ विद्यार्थी र अभिाभावकको समेत सोही अनुसारको जिम्मेवारी हुने बताए ।  गाउँपालिका अध्यक्ष घनश्याम सुवदी, उपाध्यक्ष देउकुमारी गुरुङ लगायतले मन्तब्य राखेको कार्यक्रममा शैक्षिक ¥याली, झाँकी प्रदर्शनी गरिएको थियो भने उत्कृष्ठ विद्यालय, शिक्षक र विद्यार्थी पुरकृत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->