मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

तस्बिरमा हेर्नुस् बागलुङमा संविधान दिवसको रौनकता

तस्बिरमा हेर्नुस् बागलुङमा संविधान दिवसको रौनकता


  • कृष्ण संयोग
  • असोज ३ २०८१, बिहिबार

बागलुङ/राष्ट्रिय दिवश नामाकरण दिईएको संविधान दिवश बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । संविधान दिवश मुल समारोह समितिको आयोजनामा बिहिवार बागलुङमा दिवश मनाइएको हो ।
समीक्षालयचोकमा भेला भएर राजनीतिक दल, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्था, कर्मचारी, सुरक्षा निकायका प्रमुख, शिक्षक र बिद्यार्थी तथा विभिन्न टोल समितिका पदाधिकारी समेतको सहभागितामा प्रभातफेरी र ¥याली आयोजना गरिएको थियो । ¥यालीले बजार परिक्रमा गरेपछि बागलुङ नगरपालिका १ बाङगेचउरको सहिद स्मृतिपार्कमा पुगेर सभामा परिणात भएको थियो । उक्त स्थानमा रहेका सहिदको शालिकमा माल्यापण गरिएको थियो ।
सार्वजनिक स्थानमा दिपाबली गर्ने, घरघरमा राष्ट्रिय झण्डा राख्ने, घर, कार्यालय र सार्वजनिक स्थानलाई पनि झकीझकाउ बनाउने मुल समितिले सबैलाई आग्रह गरेको छ । हरेक पालिका तहमा पनि तीन दिनसम्म कार्यक्रम गर्ने गरी समितिले निर्देशन पठाएको थियो । नेपाली जनताको सात दशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रुपमा गठन भएको संविधानसभाबाट २०७२ असोज ३ गते संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । ३५ भाग, ३ सय ८ धारा र ९ अनुसूचिमा लिपिबद्द नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्म निरपेक्ष लगायत बिषयलाई आत्मसाथ गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->