बागलुङ/डेमोक्रेटिक लयर्स एसोसिएसन बागलुङले संविधान दिवशको अबसरमा संविधान र कानून व्यवसायीको भूमिकाबारे अन्तरक्रिया गरेको छ । कार्यक्रममा बरिष्ठ अधिवक्ताहरुले दलहरुले बाटो बिराएर संविधान कार्यान्वयनमा जटिलता आएको बताए ।
कानून व्यवसायीले समयमा सुझाव दिएर दलहरुलाई बाटो बिराउनबाट रोक्ने र संविधानको मर्म जोगाउनुपर्ने धारणा राखे । कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, कृष्णप्रसाद शर्मा निउरे र हरिप्रसाद शर्मा, डिएलएका केन्द्रीय उपाध्यक्ष भूमिश्वर गौतम, उच्च अदालत बार एसोसिएसन बागलुङका उपाध्यक्ष हरिकृष्ण सुवेदी लगायतले संविधान संशोधनको औचित्य विषयमा कानून व्यवसायीले बहस चलाउनुपर्ने बताए ।
उनीहरुले अदालतको बहस मात्र नभई आम नागरिकको भावनालाई पनि नीति निर्मातासम्म लैजानुपर्ने बताए ।
डिएलए बागलुङकी अध्यक्ष सरिता केसीको अध्यक्षता, उपाध्यक्ष हरि गौतमको संचालन र सल्लाहकार बद्रीप्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा बारका सचिव उमाशंकर सापकोटा, कोषाध्यक्ष लक्ष्मी बास्कोटा लगायतले मन्तव्य राखेका थिए ।





