बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सनराईज क्लवको रक्तदानमा ७२ युनिट रगत संकलन

सनराईज क्लवको रक्तदानमा ७२ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८१, शुक्रबार

लेखनाथ/सनराईज क्लव पोखरा २६ ले विहिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् ।
पहिलो रक्तदाता कमला न्यौपानेलाई ब्लड व्याग हस्तारन्तरण गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले कार्यक्रमको शुभारंभ गरेका थिए ।
अध्यक्ष थापाले दानहरुमा सवैभन्दा उत्कृष्ट रक्तदान भएको बताए । उनले स्वस्थ मानिसले समय मिलाएर बर्षमा तीन चार पटक रक्तदान गर्दा असर नपर्ने बताउँदै, नयाँ रक्तदाताका लागि सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।
पुराना रक्तदाताले मात्र माग अनुसारको रगत आपूर्ति नहुने भएकाले नयाँ उमेर समूहका रक्तदाताको खोजी गर्नु पर्ने अध्यक्ष थापाको भनाई रहेको थियो । रक्तदान गर्दा कमजोर भईन्छकी भन्ने मानसिकता त्याग गर्नु बताए ।
वडाध्यक्ष थापा सहित कार्यक्रममा नयाँ देखी २५ औं पटकसम्म रक्तदान गरेकाहरुको सहभागिता रहेको थियो । १२ जना नयाँ रक्तदाताले रक्तदान गरेका थिए ।
क्लवका अध्यक्ष सुर्यनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रादेशिक रक्तसंञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, लेखनाथ क्लवका अध्यक्ष बालगोपाल श्रेष्ठ लगायतले रक्तदानका विषयमा स्पष्ट पारेका थिए भने स्वागत मन्तव्य सुजना महिला समूहका उपाध्यक्ष शुष्मा पौडेलले गरेकी थिईन भने संचालन सचिव विनोद कार्कीले गरेका थिए ।
कार्यक्रमको संयोजन क्लवका उपाध्यक्ष सन्तोष पौडेलले गरेका थिए । सोही कार्यक्रममा वडाध्यक्ष थापाले समाजसेवी तेजबहादुर जि.सी लाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->