बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास प्रश्वास समस्या सम्बन्धी वृहत स्वास्थ्य शिविर

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास प्रश्वास समस्या सम्बन्धी वृहत स्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८१, शुक्रबार

पोखरा/ पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा शुक्रबार स्वासप्रश्वास समस्यासँग सम्बन्धित एकदिने वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा स्वासप्रश्वास, जनरल मेडिकल, डेन्टल, अर्थोपेडिक, स्त्रीरोग, र बालरोगसम्बन्धी सेवा प्रदान गरिएको थियो।

उक्त शिविर पोखरा विश्वविद्यालय शिक्षण अस्पताल र इस्ट ससेक्स हेल्थकेयर एनएचएस ट्रष्ट यूकेको संयुक्त आयोजना र सिल्पाको प्राविधिक सहयोगमा भएको थियो । शिविरमा एक्सरे र प्रयोगशाला परीक्षणमा २५ प्रतिशत छुट दिइएको थियो।

शिविरमा चिकित्सकहरूको टोलीले बिरामीहरूको उपचार र परामर्श सेवा प्रदान गरेको थियो । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको तर्फबाट डा. प्रकाश भट्टराई, डा. दिनेश गौतम, डा. सुदिप त्रिपाठी, डा. मदन खड्का, डा. प्रदिप काफ्ले, डा.दिलिप ओझा, डा. लक्ष्मी पौडेल, डा. दिपिका कार्की, डा.रसिक भण्डारी र डा. मनिषा बराल सहभागी थिए । यसैगरी ट्रष्टको तर्फबाट डा.क्लाउडीया फोलर विलिन्स, डा. रुपक बास्तोला, डा. बेन्जामिन रुम्स, डा बिबेक विक्रम शाह, डा. एलिजावेथ फरग्युसन र डा. सोफिक त्वानावासु शिविरमा सहभागी थिए ।

स्वास्थ्य शिविरमा  १३३ जना बिरामीले सेवा लिएको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए । बिरामीहरूमा श्वासप्रश्वासका १२१, डेन्टलका २, अर्थोका ४, स्त्रीरोगका २ र बालबालिकासम्बन्धी ४ जना थिए । स्वास्थ्य शिविरले स्वास प्रश्वास सम्बन्धी समस्याबाट पीडित व्यक्तिहरूलाई गुणस्तरीय सेवा र आवश्यक परामर्श प्रदान गरेर स्थानीय बासिन्दाहरूलाई ठूलो राहत पुर्याएको छ। स्थानीय बासिन्दाहरूले यस्तो शिविरको आयोजनाबाट स्वास्थ्य सेवामा पहुँच पुर्याउन सहयोगी बनेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->