पोखरा/अल्जाइमर रोग कुनै जुनीको पाप होइन, यो सरुवा रोग पनि होइन । त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै शनिबार पोखरामा पनि विश्व अल्जाइमर दिवस मनाइयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्वव्यापी मान्यताको मानव अधिकारमध्ये ज्येष्ठ नागरिकहरु लाई प्रायः लाग्ने अल्जाइमरबाट पीडित रोगीहरुको संरक्षणका लागि पनि उत्तिकै क्रियाशील हुनुपर्ने सरोकारवालाहरुले बताए ।
पोखरामा आयोजित अल्जाइमर रोगसम्बन्धी सचेतना कार्यक्रमका श्रोत वयक्ति डा. देवेशचन्द्र घिमिरेकाका अनुसार यो बिर्सने रोगको तथ्याङ्क नेपालमा विश्वसनीय नरहे पनि संयुक्त राज्य अमेरिकामा यो रोग डरलाग्दो ढंगले बढेको बताए । पोखरा बृद्धाश्रमको आयोजना तथा मनिपाल शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा.घिमिरेको अनुशिक्षण कार्यक्रम अत्यन्त उपयोगि रहेको जानकारी बताए । अल्जाइमर रोगको जानकारी, बढ्न नदिने उपायबारे पोखरा बृद्धाश्रम र दिवासेवाका स्यारकर्तालाई प्रशिक्षण दिइएको थियो ।
गण्डकी प्रदेश र पोखराका ज्येष्ठ नागरिकसँग सरोकार राख्ने संघसंस्थाहरु साथै चिकित्सक, नर्स, स्वयम् ज्येष्ठ नागरिकहरु सम्मिलित सचतना कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ केन्द्रीय समितिका सचिव तथा प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीले अल्जाईमर रोगको न्युनिकरण तथा उपचारका लागि सरकार र समुदाय मिलेर काम गर्नु पर्ने बताएका थिए । सचिव पराजुलीले सामाजिक विकास कार्यालय कास्की र संघले मिलेर काम गरिरहेकोले प्रदेश र स्थानीय तहमा पनि सरकारले मिलेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा ज्येष्ठ नागरिक भएर पनि अहिलेसम्म उत्पादनमा जोडिएको र सक्रिय रहेसम्म समाजलाई योगदान दिन पछि नपर्ने कुरा गण्डकी ज्येष्ठ नागरिक संघका उपाध्यक्ष धर्मबहादुर गुरुङले बताए । मनिपालमा अध्ययनरत बिद्यार्थी बिशेष श्रेष्ठ र उनको टिम, शुक्लेश्वर महादेव मन्दिर ब्यवस्थापन समिति अलकापुरका अध्यक्ष बिष्णुहरी सापकोटा पूर्वशिक्षक बुद्धि गिरीले रोट्र¥याक्टमार्फत जनचेतना जगाउने नाटक मञ्चन गरेका थिए ।
यसैगरी राष्ट्रिय ज्येष्ठ नागरिक संघका सदस्यहरुले अल्जाइमर दिवसको महत्वबारे प्रकाश पारेका थिए । पोखरा बृद्धाश्रममा सम्पन्न सचेतना कार्यक्रममा आश्रमका कोषाध्यक्ष भीमप्रसाद सवेदी, अलकापुर ज्येष्ठ नागरिक दिवा सेवाका अध्यक्ष ढकाल, कार्यक्रमका सदस्य सिद्धिकुमार रेग्मी, थेरापिष्ट शान्ता अधिकारीलगायतका विज्ञहरुले अल्जाइमरका समस्या र तिनको स्याहारबारे बारेमा प्रकाश पारेका थिए ।





