सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

नगद २ लाख सहितको झोला फेला

नगद २ लाख सहितको झोला फेला


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १३ कार्यालयको वडा सचिवको कार्यकक्षमा नगद २ लाख सहित एक झोला भेटिएको छ । उक्त झोला लिन आउन सम्बन्धित व्यक्तिलाई प्रहरीले अनुरोध गरेको छ ।

कास्की प्रहरीका अनुसार आइतबार अपरान्ह ५ बजेको समयमा भद्रकालीस्थित वडा कार्यालयको कोठा नम्बर १ वडा सचिव अन्जु गुरुङको कार्यकक्षको सोफामा खैरो रंगको पछाडि भिर्ने झोला अपरिचित व्यक्तिले छाडेर गएका थिए । तर उक्त झोला दावी गर्न कोही नआएपछि प्रहरीलाई खबर गरिएको थियो । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उक्त झोला वडा सदस्यको रोहबरमा खोली हेर्दा नगद २ लाख, हाप पाइन्ट एक, टिसर्ट एक, इन्स्टा ३६० लेखिएको क्यामेरा एउटा र मोटरसाइकलको चाबी भेटिएको प्रहरीले जनाएको छ । उक्त नगद र सामान वडा प्रहरी कार्यालय रामबजारमा राखिएको र प्रमाण लाग्ने कागजातसहित सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->