मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङको नरेठाँटी स्वास्थ्य संस्थाको न्युनतम अंक ९६

बागलुङको नरेठाँटी स्वास्थ्य संस्थाको न्युनतम अंक ९६


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार

बागलुङ/गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयार पारेको न्युनतम सूचक मापदण्डमा बागलुङको गलकोट नगरपालिका वडा नं. २ को नरेठाँटी स्वास्थ्य चौकीले ९६ अंक पाएको छ । यो अंक अहिले सम्मकै उच्च हो ।
मन्त्रालयले तयार पारेको विभिन्न २४ वटा शिर्षकमा गरिएको मूल्यांकनमा नरेठाँटीले १ सय पूर्णांकमा ९६ अंक पाएको हो । यो मापन जिल्लाभरनै गरिने स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । यसअघि ८३ अंक ल्याएर गलकोटकै रिघा प्रथम भएको थियो ।
यो पटक गरिएको अंकमा नरेठाँटीले ल्याएको अंक जिल्लामै पहिलो बन्ने संभावना रहेको स्वास्थ्य कार्यालयको अनुमान छ । बागलुङ नगरभित्र नारायणस्थान प्रथम भएपनि त्यति अंक आएको थिएन । विशेषगरी सुशासन, मानव श्रोत व्यवस्थापन, उपकरण र सरसफाइ जस्ता क्षेत्रमा यो अध्ययन र अनुगमन गरिने गरिन्छ ।
केही समयदेखि पूर्ण रुपमा संचालनमा आएको नरेठाँटीको नयाँ भवन र व्यवस्थापनले एकाएक उच्च अंक पाउन सकेको हो । यो अंक पाउनुमा नगरपालिकाले लिएको नागरिकको स्वास्थ्य प्रतिको दायित्व, वडा र स्वास्थ्य शाखाको नियमित पहल तथा आन्तरिक व्यवस्थापन भएको घिमिरेले जानकारी दिए ।
कुल ८५ वडाका ९० बढी स्वास्थ्य संस्थाबाट पहिलो चरणमा ५० वटालाई अनुगमनको सूचिमा राखिएको थियो । त्यसपछि सूचक अनुसारको अध्ययन गरिएको थियो । गत वर्ष ८३ अंक ल्याएको नरेठाँटीले यो वर्ष सेवा प्रवाह चुस्त बनाएर अंक बढाएको हो । मन्त्रालयले दुइ वर्षदेखि यस्तो मापन थालेको छ ।
वार्षिक समीक्षा कार्याक्रम सकेपछि मन्त्रालयले अनुगमनमार्फत मापन गरेर पुरस्कृत समेत गर्न थालेको हो । मापन गर्दा सुशासन, संस्थागत विकास, मानवश्रोत, आर्थिक व्यवस्थापन, मेडिकल रेकर्ड र गुणसतरलाई १ सयको दरले पुर्णांक राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->