मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मानवअधिकार, महिला अधिकार र तनाब व्यवस्थापन गोष्ठी

मानवअधिकार, महिला अधिकार र तनाब व्यवस्थापन गोष्ठी


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०८१, शुक्रबार

बागलुङ/मानवअधिकार महिला अधिकार र तनाब व्यवस्थापन विषयक एकदिने गोष्ठी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार संगठन बागलुङको आयोजना र मुख्य न्यायाधिवक्ता कार्यालय पोखराको सहयोगमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्द महिला र किशोरकिशोरीहरु सहभागि थिए । उक्त अवसरमा मानवअधिकारको जानकारी, मानवअधिकार हनन् हुँदाको कानूनी उपचार र तनावलाई व्यवस्थापन गर्ने विषयमा कार्यक्रम केन्द्रीत थियो ।
उक्त अवसरमा मानवअधिकार र कानूनी पक्षबारे मुख्य न्यायाधिवक्ता चिरञ्जिवी शर्माले प्रस्तुतीकरण गरेका थिए । साथै, उनले राज्य संचालनको क्रममा राज्यका निकायले जनताको जीवन, अधिकार र सम्पत्तिको रक्षा गर्न नसके मानवअधिकार हनन्को आवाज उठ्ने बताए । उनले आम नागरिकले हेपिएको अनुभव गर्न नपर्ने राज्य संयन्त्र चाहिएको समेत धारणा राखे । मानवअधिकार हनन् भएमा कानूनी शासनमा जनताले कानूनी लडाईं समेत लड्न पाउने उनको तर्क थियो ।
कार्यक्रममा उपन्यायाधिवक्ता लालप्रसाद लामिछानेले मानसिक रोग, मानसिक समस्या र निराकरणबारे प्रस्तुतीकरण गरेका थिए । त्यस्तै अधिवक्ता लक्ष्मी जिसी कार्कीले मानवअधिकार र महिलाबारे प्रस्तुतीकरण गरिन् । संविधानको मौलिक अधिकार, मानवअधिकार ऐन लगायतमा छलफल समेत भएको थियो ।
मानवअधिकार संगठन बागलुङकी अध्यक्ष लक्ष्मी जिसी कार्कीको अध्यक्षता, सदस्य भुपेन्द्र केसीको संचालनमा सम्पन्न कार्यक्रममा उपप्राध्यापक धु्रवराज गौतम, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->