आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युु १९ क्रिकेट : बागलुुङ बाहिरियो

युु १९ क्रिकेट : बागलुुङ बाहिरियो


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

पोखरा/पोखरामा जारी वाईवाई युु १९ क्रिकेट छनोट प्रतियोगिताबाट बागलुुङ बाहिरिएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह बीतर्फको शुक्रबार वर्षाको कारण बागलुुङ र नवलपुर बिचको खेल हुन नसकेपछि दुुबै टिमले एक÷एक अंक बाँडेका थिए । यो संगै बागलुुङ बाहिरिएको हो । नवलपुरले भने अब स्याङजाको सामना गर्नेछ । बागलुुङ यसअघि स्याङजासँग ९३ रनको हार व्यहोरेको थियो ।
आज स्याङजा र नवलपुर मध्येको विजेता फाइनल प्रवेश गर्नेछ । लगातार वर्षाका कारण हालसम्म दुुइ खेलमा अंक बाँडिएको छ । यदि स्याङ्जा र नवलपुर बिचको खेल समेत बराबर भएमा स्याङजा समूह विजेता बन्दै फाइनलमा प्रवेश गर्ने सम्भावना छ । स्याङजाको २ अंक रहेको छ । प्रतियोगितामा कुल ६ जिल्लाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->