मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

कोरिडोरमा चार ठाउँमा पहिरो, सडक सुचारु हुन केही दिन लाग्ने

कोरिडोरमा चार ठाउँमा पहिरो, सडक सुचारु हुन केही दिन लाग्ने


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

बागलुङ/ पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालिण्डकी करिडोरको बागलुङ–पाल्पा खण्ड पूर्ण रुपमा अबरुद्ध भएको छ । करिडोरको ५४ किलोमिटर खण्डमा चार ठाउँमा ठुलो पहिरो खसेकाछन् ।
शुक्रबार राती गुल्मीको कालिगण्डकी गाउँपालिका २ अर्बेनी र हर्मिचौरको बिचमा पर्ने गरगरे र वडा नं. ६ को बरलवामा पहिरो खसेको छ । त्यस्तै बागलुङको जैमिनी नगरपालिका, ५ बिनामारेको माझवौर र बागलुङ नगरपालिका, १० भकुण्डेको दव्ल्याङमा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।

गरगरे र बरलवाको भीरबाट भीषण पहिरो खसेकाले तत्काल पहिरो पन्छाउन कठिन रहेको करिडोर कलोपत्रेको काम गरिरहेको कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताए । सडक अबरुद्ध हुँदा बागलुङबाट भैरहवा, बुटवल लगायतका सहरका लागि छुटेका सवारी साधन अलपत्र परेका छन् । निरन्तरको भीषण बर्षा पछि पहिरो खसेको उनले बताए । ठुला ठुला चट्टान पहिरोको बीचमा अडिएकाले पहिरो पन्छाउन जोखिम रहेको उनले बताए ।

दव्ल्याङमा सडकको नमुनानै मेटिनेगरी बाढी र पहिरोले सडक बगाएको छ । केही दिन पहिला ह्युम पाईप राखेर सञ्चालनमा ल्याईएको सडकको बेसनै बगाएको निर्माण व्यवसायी ध्रुव बिडारीले बताए । बागलुङको दक्षिण क्षेत्रको मुख्य सडक रहेको करिडोर अबरुद्ध हुँदा सदरमुकामसँग दक्षिणको सडक सम्पर्क टुटेको छ । किसानले दुध, केरा, तरकारी लगायतका उत्पादन बजार पठाउन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->