मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

फोहोरको दिगो व्यवस्थापनका लागि ‘क्लिन बागलुङ’ अभियान सुरु, ५ हजार घरमा बाल्टी वितरण गरिने

फोहोरको दिगो व्यवस्थापनका लागि ‘क्लिन बागलुङ’ अभियान सुरु, ५ हजार घरमा बाल्टी वितरण गरिने

यो अभियानले डम्पिङ साइटमा फोहोरको थुप्रो देख्न नपर्ने बताइएको छ ।


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८१, आइतबार

बागलुङ/बागलुङ नगरपालिकाले क्लिन बागलुङ अभियान शुरु गरेको छ । फोहोरको दिगो व्यवस्थापनको अभियानलाई नगरपालिकाले क्लिन बागलुङ अभियान नाम दिएको हो । आइतबार बागलुङ बजारमा कार्यक्रम गरेर नगरप्रमुख बसन्तकुमार श्रेष्ठर जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले शुभारम्भ गरे ।
घर घरमा उत्पादन हुने कुहिने र नकुहिने तथा जोखिमयुक्त फोहोरलाई घर घरबाटै छुट्टयाएर व्यवस्थापन गर्ने गरी अभियान अभियान शुरु भएको हो । नगरपालिकाले बानपा २ की पोटकुमारी जिसीलाई पहिलो बाल्टी दिएर अभियान थालेको हो ।
आइतबारबाटै ट्राफिक चोकदेखि जिपपार्क सम्मका उपभोक्तालाई बाल्टी दिने र १० दिनभित्र बानपा वडा नं. १ रामरेखादेखि ४ भित्रका झण्डै ५ हजार घरमा बाल्टी पु¥याउने तयारी छ । त्यसका लागि नगरपालिकाको जनशक्तीले अपुग हुने भएपछि सेना, प्रहरी र सशष्त्रले पनि १०÷१० जना जनशक्ती स्वयंसेवी रुपमा पठाएको छ ।


विशेषगरी कुहिने फोहोर सकेसम्म घर घरमै करेसाबारीमा प्रयोग गर्ने, नभए संकलन गरेर नगरपालिकाले पठाउने हरियो गाडीमा दिनुपर्ने छ । त्यसका लागि हरियो रंगकै बाल्टी घर घरमा दिइएको छ । उक्त फोहोरलाई नगरपालिकाले कम्पोष्ट मल बनाउनेछ । प्लाष्टिक र ओभानो कागज लगायतका नकुहिने फोहोर नगरपालिकाको निलो गाडीमा पठाउनु पर्ने छ । त्यसका लागि निलै बाल्टी दिइएको छ । उक्त बाल्टीमा नफुटेका सिसा र बोतल पनि संकलन गर्न मिल्ने छ ।
त्यसबाहेक रातो बाल्टी पनि नगरपालिकाले दिएको छ । उक्त बाल्टीमा फुटेका सिसा, अस्पतालजन्य फोहोर र विशेष विधिले मात्र सडाउनुपर्ने फोहोर रातो बाल्टीमा संकलन हुनेछ । त्यसलाई रातै रंगको ट्रयाक्टरले संकलन गरेर व्यवस्थापन गर्ने छ ।
तीन तहका फोहोर संकलन गरेर ‘जिरो वेस्ट’ अर्थात् सबै फोहोरको उचित सदुपयोग गर्ने लक्ष्य नगरपालिकाले राखेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
चालुवर्ष नगरपालिकाले १ करोड रुपैयाँ खर्चेर यो अभियानलाई सफल बनाउने लक्ष्य राखेको छ । यो अभियानका लागि नगर क्षेत्रका ५ हजार घरमा तीन÷तीनवटा बाल्टी दिने अभियान शुरु भएको हो । यो अभियानले डम्पिङ साइटमा फोहोरको थुप्रो देख्न नपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->