मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

देवकुमार बागलुङमा, आजै अदालत लैजाने तयारी

देवकुमार बागलुङमा, आजै अदालत लैजाने तयारी


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०८१, सोमबार

बागलुङ/ सहकारी ठगीको आरोपमा भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई आईतबार राती बागलुङ ल्याईएको छ । शनिबार दिल्लिबाट काठमाण्डौ ल्याईएका नेपालीलाई आईतबार रातीनै हवाई मार्गहुँदै पोखरा ल्याईएको थियो ।

पोखराबाट नेपाल प्रहरीले उनलाई सडकमार्गहुँदै बागलुङ ल्याएको हो । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई सहकारी ठगी र संगठित अपराधको आरोप छ । उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि बागलुङ ल्याइएको छ ।

पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्यार्ईएको प्रहरी निरीक्षक केशव बहादुर थापाले बताए । उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए । इमेज सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए । नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो । प्रहरीले सोमबार जिल्ला अदालतबाट म्याद थपको तयारी गरिरहेको थापाले बताए । आजै अदालत पेश गर्ने र म्यादथप पछि आवश्यक अनुसन्धान अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->