मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जाको हरिनासमा घनले टाउकोमा प्रहार गरी हत्या

स्याङ्जाको हरिनासमा घनले टाउकोमा प्रहार गरी हत्या


  • अर्जुन काफ्ले
  • असोज १६ २०८१, बुधबार

स्याङ्जा/हरिनास गाउँपालिका वडा नं. ४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एकको हत्या भएको छ । घन प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले स्थानीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती १० बजेको समयमा स्थानीय ३२ वर्षीय सुरेश थापाले घरको आरनमा फलामको काम गरिरहेका ५८ वर्षीय प्रेमबहादुर कामीलाई घनले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
घन प्रहार गर्ने थापालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । घटना के कसरी भयो भन्नेबारे अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । सँगै बस्ने र मादक पदार्थ सेवन गरी एकआपसमा झगडा गरी थापाले कामीलाई घनले हानेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->