शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा डेङ्गुको सङक्रमण दर घट्दै

स्याङ्जामा डेङ्गुको सङक्रमण दर घट्दै


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८१, शुक्रबार

स्याङ्जा/जताजतै डेङ्गुको सङक्रमण तिब्र रुपमा बढिरहँदा स्याङ्जामा भने घटेको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा गत भदौ महिनाको तुलनामा डेङ्गुको सङक्रमण घटेको हो ।
उच्च तापक्रम घट्नु तथा पालिकाले अभियाननै चलायर लामखुट्टेका बासस्थानको खोजी गरेर नष्ट गरेपछि सङक्रमण घटेको हो । भदौ १५ सम्म १ सय १२ जना डेङ्गुको सङक्रमणमा परेकोमा असोज महिनाको सोही अवधिमा ५९ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत केशब प्रसाद चापागाईले बताए ।
यहाँ सबैभन्दा धेरै जिल्ला अस्पताल स्याङ्जामा १९ जना, वालिङमा १४ जना, चापाकोटमा १३, भीरकोट छ जना, कालीगण्डकी तीन जना, अर्जुन चौपारीमा दुई जना, बिरुवा र हरिनासमा एक÷एक जनामा डेङ्गुको सङक्रमण रहेको छ । यहाँको आँधीखोला, पुतलीबजार, फेदीखोला र गल्याङ्गमा पछिल्लो १५ दिनमा कुनै सङक्रमित नभेटिएको हो ।
गत महिना ५७ जना सङक्रमित भेटिएको गल्याङ्गमा सुन्य रहेको हो भने फेदीखोलामा यो आर्थिक बर्षमा एक जनापनि एक जना पनि सङक्रमित भेटिएको छैन् ।
यहाँ साउनमा ८२ र भदौमा २ सय ७ जना सङक्रमित भएका थिए भने यो महिनामा सहित ३४८ जनामा सङक्रमण देखिएको हो । स्थानीयको सक्रियताले धेरै घटेको बताउदै चापागाईले अबको घटेर सुन्यतर्फ जाने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->