बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वडा कार्यालय भवन उद्घाटन

वडा कार्यालय भवन उद्घाटन


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८१, शुक्रबार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका– ५ बिनामारे वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको बिहिबार गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले उद्घाटन गरे ।

गण्डकी प्रदेश सरकारको ७८ लाख १० हजार ४ सय १९ रुपैयाँको लागतमा तयार भएको भवनबाट बिहिबारदेखिनै सेवा प्ररम्भ भएको छ । २०८० पुस ४ गते दश महिनाको निर्माण अबधि लिएर काम थालेको मार्क कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले तोकिएको मिति भन्दा दुई महिना अघिनै निर्माण सम्पन्न गरेको थियो ।

भवनको पहिलो तल्लामा कार्यालयका लागि आवश्यक ४ कोठा, सभाहल छुट्टै सौचालय भवन र बगैंचा सहितको परिसर तयार भएको छ । तीन तला भवनको बिस्तृत परियोजना प्रतिवेदन तयार भएपनि तत्कालका लागि एक तल्लाको भवन मात्रै निर्माण गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । यसअघी कच्चि घर भाडामा लिएर वडा कार्यालय सञ्चालन हुँदै आएकोमा नयाँ भवन निर्माण पछि वडाबासीले सुविधा सम्पन्न भवनबाट सेवा पाउन थालेको वडा अध्यक्ष ठगबहादुर थापा क्षेत्रीले बताए ।

वडा कार्यालय भवनको उद्घाटन गर्दै देवकोटाले पूर्वाधार बिकास देशको समग्र बिकासको मेरुदण्ड भएको बताए । उनले सुविधासम्पन्न भवनबाट वडाबासीले सहज सेवा पाउने बिश्वास व्यक्त गरे ।

दश वडा रहेको जैमिनी नगरपालिकामा वडा नं. ३ र ९ बाहेकका सबै वडामा सुबिधासम्पन्न पक्कि भवन तयार भएका छन् । वडा नं. ३ मा भवन निर्माणका लागि जग्गा प्राप्ति भएकाले चालु आर्थिक बर्षमा भवन बन्ने र वडा नं. ९ मा जग्गा प्राप्तीको प्रकृया अन्तिम चरणमा रहेको शर्माले बताए । यी वडाहरुमा साविकको गाउँ बिकास समितिले बनाएका कामचलाउ कच्चि भवनहरुबाट सेवा प्रवाह हुँदै आएको छ । कच्चि भवन र सुरक्षाको कमजोरीकै कारण दुई बर्षअघी वडा नं. ९ को वडा कार्यालयमा चोरी समेत भएको थियो । जैमिनी नगरको प्रशासकीय भवन निर्माणको काम समेत अन्तिम चरणमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->