बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बेनीमा पहिलो इभि चार्जिङ स्टेशन सञ्चालनमा

बेनीमा पहिलो इभि चार्जिङ स्टेशन सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८१, आइतबार

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा पहिलोपटक विद्युतीय सवारी साधन चार्ज गर्न चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । पछिल्लो समय जिल्लाभित्र नै विद्युतीय सवारीसाधनको प्रयोगकर्ताको संख्या बढेसँगै बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई समेत लक्षित गरी धौलागिरि गण्डकी यातायात प्रालिले म्याग्दी जिल्लामा पहिलोपटक विद्युतीय गाडी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।
कालिपुलमा पर्यटक सूचना केन्द्रसँग जोडिएको स्टेशनमा पाँचदेखि दश वटा सवारीसाधनले चार्जिङ गर्ने गरिएको प्रालिका प्रतिनिधि इश्वर कार्कीले बताए । ‘मुस्ताङ घुम्न जानेलाई धेरै सहज भएको छ, अहिले बेनीमा रहेका सवारीसाधन समेत नियमित आउने गरेका छन्’ प्रतिनिधि कार्कीले भने ।
विगतमा विद्युतीय सवारीसाधन चार्जिङका लागि पोखरा र बागलुङ जानुपर्ने बाध्यता थियो । अहिले एउटा चार्जिङ स्टेशन निर्माण गरिएपनि समयअनुकल एकैपटकमा धेरै सवारीसाधन चार्ज गर्ने स्टेशन बनाउने योजना छ । एक सवारीसाधनलाई न्यूनतम आधाघण्टा लाग्छ । चार्जिङ मेशिन सहित अन्य खर्च गरी करिब ७ लाखभन्दा बढी खर्च भएको छ ।
बागलुुङमा रहेको चार्जिङ स्टेशनमा सवारीसाधनको चाप भएमा बेनी आएर चार्जिङ समेत गर्ने गरेका छन् । चार्जिङ स्टेशनमा विद्युतीय सवारीसाधनले चार्ज गरेको प्रतियुनिट १० रुपैयाँ चार्ज शुल्क तोकिएको छ । बसपार्कमा पाँचदिन अगाडी राखिएबको चार्जिङ स्टेशनका बारेमा धेरैलाई जानकारी नभएकाले क्रमश सवारीसाधनको चाप बढ्दै जाने रहेको धौलागिरि गण्डकी यातायात प्रालिले जनाएको छ । सदरमुकाम बेनीमा बसपार्क बाहेक होटल तथा अन्य स्थानमा समेत चार्जिङ स्टेशन राख्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->