मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

काठेखोलाको भीमापोखरा स्वास्थ्य चौकी नयाँ भवनमा

काठेखोलाको भीमापोखरा स्वास्थ्य चौकी नयाँ भवनमा

नयाँ नयाँ रोगहरु देखापरेकाले नागरिकलाई बचाउन प्रदेश सरकार सचेत छ : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८१, बुधबार

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका २ भीमापोखरामा निर्मित स्वास्थ्य चौकी भवनको मंगलबार उद्घाटन गरिएको छ ।
संघ सरकार र गाउँपालिकाको सहकार्यमा निर्माण भएको एक वर्षपछि भवनको बुधबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै मन्त्री पाठकले नयाँ नयाँ रोगहरु देखापरेकाले नागरिकलाई बचाउन प्रदेश सरकार सचेत रहेको विश्वास दिलाए । त्यसको लागि आफुले गर्ने कामहरुको कार्यसूचि तयार गरेको मन्त्री पाठकले स्मरण गराए ।
संघ र प्रदेशको स्वास्थ्य नीतिमा केन्द्रित रहेको कार्यसूचि आफुले निर्माण गरेको बताउँदै अहिले प्रदेशमा रहेको बजेटलाई कार्यान्वयन गर्न केन्द्रित रहेको सुनाए । स्थानीय तहमा देखिएको स्वास्थ्य, भवन, दरबन्दी र दक्ष जनशक्तिको समस्याहरुको समाधान गर्नेतर्फ प्रदेश सरकार सचेत रहेको मन्त्री पाठकले बताए ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा, गाउँपालिकाका संस्थापक अध्यक्ष अमर बहादुर थापा, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्य, धवलागिरि बहुमुखी क्याम्पसका प्रा. डा. डिल्लीराज गौतम, भीमापोखराका पूर्व गाविस अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर हमाल, स्वास्थ्य चौकीका पूर्वप्रमुख विष्णुनाथ सापकोटा र नेकपा एमाले वडा कमिटी भीमापोखराका अध्यक्ष राजु गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघ र स्थानीय तहको २ करोड ७५ लाख ६४ हजार २ सय ५३ रुपैयाँमा भवन निर्माण गरिएको हो । भवन निर्माणापश्चात समयमै हस्तान्तरण नहुँदा नवनिर्मित भवनबाट सेवा सुचारु गर्न सकिएको थिएन । गतआर्थिक वर्ष २०८०÷०८१ मा वडा कार्यालयले बजेट विनियोजित गरी स्वास्थ्य चौकीको फर्निचरहरु खरिद गरेर संचालनमा ल्याएको छ ।
सो अवसरमास्वास्थ्य चौकी व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु होम बहादुर हमाल, धिरेन्द्रराज पन्त, विष्णुप्रसाद ढकाल, विष्णुनाथ शर्मा पौडेल, नारायण रिजाल, पूर्व प्रमुखहरु खिम बहादुर विक, सोमराज पाण्डेय, विष्णुनाथ सापकोटा, नारायणप्रसाद पौडेल, दिया छन्त्याल, धुर्व केसी, इन्द्र बहादुर थापा र विद्यालक्ष्मी शर्मा तथा अहेब कुशी कुमारी उपाध्यायलाई सम्मान गरिएको थियो ।
काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष एवं स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष विद्यापति शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका सदस्य गीता हमाल र संचालन वडाका कर्मचारी सुर्यबहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->