काठमाडौं/लमजुङमा जीप दुर्घटना हुदा २२ जना घाइते भएका छन् ।
लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएकाे हो । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका हुन । घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाे छ ।
गम्भीर घाइते भएका पाँच जनालाई चितवनको भरतपुर रेफर गरिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए । यस्तै, अन्य घाइतेकाे जिल्ला सदरमुकाममै उपचार भइरहेको उनले बताए ।
ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० मा दुर्घटना भएको थियो ।





