
स्याङ्जा / स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १२ पेल्काचौरका २९ बर्षीय तेजन गुरुङले ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमालको आरोहण गरेका छन् । यही असोज २३ गते बिहान नेपाली समय अनुसार करिब ५ बजे चिनको ८ हजार २७ मिटर अग्लो सिसापाङ्ग हिमाल चडेसँगै उनलाई ८ हजार मिटर अग्ला सबै हिमाल चडने सफलता मिलेको हो । गुरुङ स्याङ्जाबाट ८ हजार मिटर अग्ला हिमाल चड्ने पहिलो ब्यक्ति बनेका छन् ।
आफ्नो कर्मथलो बेलायती लाहुरे जीवनमा आठ बर्ष बिताएका गुरुङले २०२२ सालमा बेलायती सेना छाडेर हिमाल आरोहणमा होमिएका थिए । बेलायत सेनामा रहदाँ २०१७ मा ६ हजार मिटर उचाई भएको लोगुचे स्ष्टपीकबाट हिमाल आरोहण थालेका उनले सगरमाथा २७ मे २०२२ मा चढेका हुन् । २८ मे २०२२ मा ल्होत्से हिमाल आरोहण गरेका उनले २०२३ मा मात्र ११ वटा हिमाल आरोहण गरे ।
उनले १५ अप्रिल २०२३ मा अन्नपुर्ण, २३ मे २०२३ मा मकालु, १ जुन २०२३ मा कन्चनजङगा, २ जुलाई २०२३ मा नन्गा पर्वत, १७ जुलाई २०२३ मा जी टु, २१ जुलाई २०२३ मा जी वान, २५ जुलाई २०२३ मा बोर्ड पीक, २८ जुलाई २०२३ मा के टु, १७ सेप्टेम्बर २०२३ मनास्लु, २९ सेप्टेम्बरमा धौलागिरी, २ आक्टुबर २०२३ मा चोओयु आरोहण गरे ।
सबै हिमाल आफुले एलिट एस्पेटबाट आरोहण गरेको बताउदै सेना मै रहदाँ सगरमाथा वेश क्याम जाने अवसर मिलेको र सोही समयबाट आरोहणको चाहना बढेको गुरुङले बताए ।
१४ वटै आठ हजार मिटर अग्ला हिमाल आरोही आफ्नै भिनाजु निर्मल पुर्जाको प्रेरणा समेत रहेको बताउदै गुरुङले अहिले एलिट एस्पेटमै काम गरेको बताए ।
बेलायत सेना हुदाँ कमाण्डोसम्मको तालिम अनुभव गरेका उनले हिमाल आरोहणलाई निरन्तरता दिन बताएका छन् । उनले एसियाको एल्ब्रास, अर्जेन्टिनाको एकोनकग्ना लगायतका दर्जन साना हिमाल समेत आरोहण गरेका छन् । युवाहरु बिदेश गैरहेकोमा दुख ब्यक्त गर्दै सबै युवाहरुलाई कसरी हिमाल आरोहणमा जोड्न सकिन्छ यसैमा लाग्ने उनको भनाई छ ।




