बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रचारप्रसार र पूर्वाधारको अभावमा जलजला ओझेलमा

प्रचारप्रसार र पूर्वाधारको अभावमा जलजला ओझेलमा


  • हरिकृष्ण गौतम
  • कार्तिक ४ २०८१, आइतबार

म्याग्दी/प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ’गुरिल्ला ट्रेक’ अन्तर्गत पर्ने पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा अवस्थित जलजला लेक प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ ।
सडक सञ्जालसँग जोडिएका पर्यटकीयस्थलमा यात्राबाट निराश रहेका स्वदेशी तथा विदेशी पर्यटकका लागि मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने सुन्दर गन्तब्य भएपनि सोचेजस्तो पर्यटकको चहलपहल हुन सकेको छैन ।
छोटो, मध्यम र लामो दुरीको पदयात्राका लागि अनुकुल समुद्री सहतदेखि तीन हजार ४२० मिटरको उचाइमा समथर भूभागमा अवस्थित जलजलाको लेकबाट धौलागिरि, गुर्जा, चुरेन, पुथा, निलगिरिलगायतका दर्जनौँ हिमशृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको जलजलाको लेक पश्चिम म्याग्दीका स्वदेशी पर्यटकलाई आर्कषित गर्ने सकिने नयाँ र आर्कषक गन्तब्य भएको पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।
जलजला क्षेत्र ढोरपाटन शिकार आरक्ष क्षेत्र भित्र पर्ने म्याग्दी,बागलुङ, रुकुम पूर्वबाट यात्रा गर्न सकिने गन्तब्य हो । यो तत्कालीन सरकार र माओवादीको द्वन्द्वका कारण चर्चामा आएका द्वन्द्व प्रभावित क्षेत्रलाई समेटेर सन् २०१२ देखि गुरिल्ला पदमार्गमा समेत समावेश छ ।
म्याग्दीको बेनी हुँदै पश्चिमी व्यापारिक केन्द्र दरवाङबाट धवलागिरी गाउँपालिकाको केन्द्र मुना, खोरिया, लम्सुङ हुदै उकालो यात्रापछि पुगिन्छ । सडक सञ्जाललाई छोडेर पदयात्राका लागि जलजला क्षेत्र निकै सुन्दर भएकाले प्रचारप्रसार र आवश्यक पूर्वाधारका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष प्रेम पुन बताउँछन् ।
‘अहिले पनि त्यहाँ पुग्नेहरूलाई बस्न मिल्ने ठाउँहरू छ, हामीले खेल पर्यटनका लागि समेत जोड्ने प्रयासमा छौ’ अध्यक्ष पुनले भने । उनले सूचनापाटी, चिया÷खाजाघर, विश्रामस्थल, होटल सञ्चालन गरी उच्च क्षेत्रमा खेलकुद गतिविधि सञ्चालनका लागि समेत जलजला क्षेत्र उत्कृष्ट मानिएकाले पदयात्राका साथै खेल पर्यटनमार्फत समेत यस क्षेत्रको प्रवद्र्धनमा सक्रिय भएको बताए ।
जलजलामा छोटो यात्राका लागि तीन दिन, मध्यम ५ र लामो १० दिनको यात्रा गर्न सकिन्छ । जलजला क्षेत्रमा रहेका गोठ, पशुचौपायाको बथान सहित विभिन्न प्राजतिका जडिबुटीको समेत देख्न सकिन्छ ।
जलजला क्षेत्रमा पूर्वाधार विस्तार गरी स्वदेशी पर्यटकलाई मात्रै आर्कषित गर्न सकेमा पनि विसं २०६म्याग्दी, बागलुङ, रुकुम पूर्व र रोल्पालाई समेटेर तयार गरेको गुरिल्ला ट्रेकको समेत प्रचारप्रसार गर्न सहज हुने धौलागिरी पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँको भनाई छ । उनले हाल छोटो दुरीमा जलजला र लामो यात्राका लागि गुरिल्लालाई प्रचारप्रसारको आवश्यकता रहेको बताए । पश्चिम म्याग्दीका गुमनाम पर्यटकीयस्थलहरु प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहनका लागि आर्कषक मानिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->