
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताहरुले प्रशासनले निषेधज्ञा जारी गरेको क्षेत्रमा प्रदर्शन गरेपछि पोखरा तनावग्रस्त भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर आन्दोलनकारीलाई तितरबितर पार्न खोजेको छ । निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको हो । रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छोड्न मानेका छैनन् । उनीहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलिको विरुद्ध नारावाजी गरिरहेका छन् । रास्वपाका केन्द्रिय नेता र सांसदहरु नै प्रदर्शनमा सहभागी छन् । प्रहरीले नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्न बाध्य भएको जनाएको छ ।










तस्बीरहरु: लालप्रसाद शर्मा/ढोरपाटन





