बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घोडेपानीका होटलमा पर्यटक लक्षित छुट योजना

घोडेपानीका होटलमा पर्यटक लक्षित छुट योजना


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८१, सोमबार

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानीका होटलमा आन्तरिक पर्यटकलाई छुट दिन थालिएको छ ।
घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहिबार बसेको संयुक्त बैठकले दशै तिहार छठ लगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले बिहिबारदेखिनै लागु हुने गरि कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउने जानकारी दिइन् । ‘आन्तरिक पर्यटनको प्रर्वद्धनका लागि यहाँका सबै होटलले छुट दिने निर्णय गरेका हौ,’ उनले भनिन् ‘चाडपर्वको समयमा घुम्न आउन पाहुनाले घोडेपानीका सबै होटलमा छुट सुविधा पाउनेछन् ।’
घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएको उनले बताइन् । सवारी साधनको अलावा कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाडा, पर्वतको भुक देउराली हुदै पैदलयात्रा गरेर घोडेपानी पुग्न सकिन्छ ।
समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा अवस्थित घोडेपानीमा रहेका २६ वटा साना ठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सय जना पाहुना बास बस्ने क्षमता रहेको छ । प्याकेजमा प्रतिव्यक्ति एक हजार पाँच सय देखि पाँच हजार सम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ ।
हिमाल, पहाडी भूूगोल, सूर्योदय र गुराँसको जंगल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका – ६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तब्य हो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।
यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुुनु् ।
पुुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाईनिङ हलबाटै गुुराँसको जंगलको पृष्ठभूूमिमा हिमाल अवलोकन गर्न सकिन्छ । घोडेपानीमा बास बसेका पर्यटकहरु एकाबिहानै करिब ४० मिनेट उकालो हिडेर पुुनहिलमा दृष्य अवलोकन गर्न पुुग्छन् । घोडेपानी पुुनहिल अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरा देखि नयाँ पुुल, उल्लेरी भएर एकै दिन र घान्द्रुुक भएर दुई दिनमा घोेडेपानी पुुग्न सकिन्छ । म्याग्दीको जिल्ला सदरमुकाम बेनी देखि अन्नपूूर्ण गाउपालिकाको पोखरेबगर हुुदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुुगीन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->