सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पोखरा र चितवनमा रास्वपाको प्रदर्शन जारी

पोखरा र चितवनमा रास्वपाको प्रदर्शन जारी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८१, सोमबार
oplus_2

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरेको छ । पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियाहरूलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएका छन् ।

त्यस्तै, रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन-२ मा पनि ‘निलो क्रान्ति जिन्दावाद !’ लेखिएको प्लेकार्ड बोकेर समर्थक र कार्यकर्ता सडकमा उत्रिएका छन् । सो पार्टीले आईतवार पोखराको सहिदचोकमा प्रदर्शन गरेको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ । रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा केन्द्रीत भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->