पोखरा/मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’अन्तर्गत संचालन हुने योजना ‘मुक्तिनाथ म्युचुअलफण्ड १’को इकाइजारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागिआफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरिसकेको छ । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ ।
नेपाल धितोपत्र बोर्डबाट प्रति इकाइअंकित .१० रुपैयाँ दरको १० करोड इकाइले हुन आउने १ अर्ब रकम बराबरको फण्ड निस्काशनको स्वीकृति दिएके हो । योजनाको आकारमध्ये १५ करोड रकम बराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको ८५ करोड रकम बराबरको ८ करोड ५० लाख इकाई मात्र सार्वजनिक निस्काशन गरिनेछ ।
१० वर्षको अवधि रहेको उक्त योजना बन्दमुखी योजना रहेको छ ।





