शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महिला क्रिकेट खेलाडी उत्पादनको केन्द्र बन्दै स्याङ्जा

महिला क्रिकेट खेलाडी उत्पादनको केन्द्र बन्दै स्याङ्जा

आइसीसी अण्डर–१९ महिला विश्वकप छनोटमा तीन खेलाडी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०८१, शुक्रबार

स्याङ्जा/स्याङ्जा पछिल्लो क्रममा महिला क्रिकेटमा अन्तराष्ट्रिय खेलाडी उत्पादनको केन्द्र बन्दै गएको छ । पटक पटकका यहाँका खेलाडी सहभागी टिमले खेलमा जित्दै आएकोमा यस पटक उनै खलाडी युएईमा हुने आइसीसी अण्डर–१९ महिला विश्वकप छनोटमा परेका हुन् ।
कात्तिक १९ गतेबाट २९ सम्म हुने प्रतियोगितामा क्यानको छनोटमा स्याङ्जाका कुसुम गोदार, सिमाना केसी, ज्योत्सनिका मरासिनी छनोट हुन सफल भएका छन् । उनीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले छनोट गरेको हो । १४ खेलाडी छनोट भएकोमा गण्डकीका चारजना छनोट हुँदा स्याङ्जाका तीन जना परेका हुन् ।
नेपाल, युएई, कुवेत र थाईल्याण्डको सहभागिता रहने प्रतियोगितामा कास्कीकी रचना चौधरी गण्डकी प्रदेशबाट छनोट हुने अर्की खेलाडी हुन् ।
यसअघि सन् २०२२ आईसीसी अण्डर –१९ महिला वल्र्डकप एसिया क्यालिफायरमा नेपालको माहिला टिममा अन्तिम छनोटमा परेका ज्योत्सनिका मरासिनी र निरु जिटी आइसीसीको मापदण्डका अनुसार १५ वर्षभन्दा उमेर कम भएकाले राष्ट्रिय टिमबाट बाहिरिनु परेको स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले बताए ।
अन्तर्राष्ट्रिय खेलाडीहरुको उर्भरभूमि रहेको स्याङ्जामा क्रिकेट संघले ‘क्रिकेट खेलबाट महिला स–शक्तिकरण’ र ‘स्कुल टु वल्र्ड कप’भन्ने मुल नाराका साथ २०७६ साल देखि पुरुषमात्र नभइ महिला क्रिकेट विकासका लागि निरन्त काम गर्दै आइरहेको छ ।
यहाँका महिला खेलाडीहरु गण्डकी प्रदेशको अण्डर –१९ तथा सिनियर महिला क्रिकेट टिममा १४ जना खेलाडीमा १० जना स्याङ्जा जिल्लाका खेलाडीहरु गण्डकी प्रदेशको प्रतिनिधित्व गरिरहेका छन ।
२०७८ सालमा धनगडीमा आयोजित अण्डर –१९ सुदूरपश्चिम मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० मा विजेता र २०८० माघ १२ गते देखि १९ गते सम्म चितवनमा आयोजित ‘मैंयादेवी स्मृति अण्डर –१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा उपविजेता भएको हो ।
यस्तै राष्ट्रियस्तरको प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेका यहाँका खेलाडीले स्याङ्जा तथा गण्डकी प्रदेशको नाम एक बलियो प्रतिद्वन्द्वीको रुपमा परिचित गराइसकेका छन् ।
गण्डकी प्रदेश अण्डर –१९ तथा सिनियर महिला क्रिकेट टिममा चार वर्षबाट महिला क्रिकेटका अधिकांश खेलाडी खेलाडीहरु यहाँका खेलाडी प्रतिनिधित्व गर्दै आएका छन् ।
कमजोर आर्थिक अवस्थाका कारण क्रिकेट प्रशिक्षण र खेल्नका लागि आवश्यक खेल सामग्रीहरु जुटाउन निकै नै संघर्ष गर्नुपरेको र हालसम्म खेलाडीहरुलाई प्रशिक्षण तयारीका लागि कुनै पनि सरकारी निकायबाट प्रशिक्षण स्थल र क्रिकेट खेलमैदान निर्माणमा सहयोग नभएको थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->