बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ढोरपाटनकर्मी गौतम मोना फ्रान्सबाट सम्मानित

ढोरपाटनकर्मी गौतम मोना फ्रान्सबाट सम्मानित


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०८१, शुक्रबार

म्याग्दी/ढोरपाटन दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतम म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सबाट सम्मानित भएका छन् । बिहिबार मोना अन्तराष्ट्रियको सचिवालयमा आयोजित समारोहमा मोना फ्रान्सका कोषाध्यक्ष दिनेश कार्की, संस्थापक सदस्य नविन कार्कीले २० हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
मोना फ्रान्सका अध्यक्ष ओम गौचन, महासचिव महेन्द्र बोहोराद्धारा हस्ताक्षर गरिएको सम्मानपत्रमा स्थापनाकालदेखि मोना फ्रान्सका समाचार तथा पत्रकारितामार्फत मानवीय तथा सामाजिक क्षेत्रमा योगदानको कदर गदैं सम्मान गरिएको उल्लेख छ ।
सम्मान कार्यक्रममा अधिवक्ता दिपक कार्की, मोना सचिवालयकी प्रमुख स्मृति सुबेदी, यूवा ब्यवसायी जिवन कार्की लगायतको उपस्थिति रहेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै मोना फ्रान्सका कोषाध्यक्ष दिनेश कार्कीले जन्मभूमिका विभिन्न क्षेत्रमा संस्थाले सक्ने सहयोग गर्ने बताए । डेढ दशक देखि म्याग्दी जिल्लामा सक्रिय गौतमले सामाजिक एवम् मानवीय सेवाका क्षेत्रलाई प्राथमिकता दिएर कमल चलाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->